हुने भयो, बागेश्वरीमा ‘महाआरती’

आज साँझ हुने महाआरतीलाई नियमितताको पहल


प्रशिद्ध शक्तिपीठ, नेपालगन्जस्थित बागेश्वरी मन्दिर नेपालगन्जमा ‘महाआरती’को आयोजना निश्चित भएको छ । त्यसको शुरुवात आज आइतबार साँझ पहिलो पटक महाआरती हुने भएको हो ।


बागेश्वरीमा महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा नाट्टा बाँकेले निकै प्रयास गरिरहँदापनि सार्थकता पाउँन सकेको थिएन । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँग सहकार्यमा महाआरती निश्चित भएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल जानकारी दिए ।


नेपालगन्जलाई धार्मिक पर्यटकको गन्तव्यका रुपमा बागेश्वरीमा महाआरती महत्वपूर्ण ‘प्रोडक्ट’ हुने पर्यटन व्यवसायीको आशा छ । भारतीय पर्यटक आकर्षित गर्ने योजनासाथ आज आइतबारदेखि नेपालगन्ज आयोजना हुन लागेको वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणकै अवसर अवसरमा महाआरती शुभारम्भ गर्न लागिएको हो ।


‘भारतीय पर्यटकहरुको सहभागितामा महाआरती गरिंदैछ,’ मार्ट आयोजक समितिका सदस्यसमेत रहेकी वागेश्वरी गुठी सदस्य उमा थापामगरले आज साँझ ५ः३० बजेतिरको समय पारेर महाआरतीको तयारी गरिएको जानकारी दिंदै भनिन्, ‘मन्दिरभित्र नियमित आरती चलिरहँदा बाहिर महाआरती गरिनेछ ।’

त्यसका लागि नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तसहितको टोलीले आवश्यक प्राविधिक समन्वय गरिरहेको नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उप–प्रमुख थापाले बताइन् ।


नाट्टा बाँके च्याप्टरका सिग्देलले सातामा एकदिन बागेश्वरीमा महाआरती आयोजनाको योजना भएको बताए । ‘बागेश्वरी मन्दिरमा नियमित रुपमा महाआरती गरिनेछ,’ महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँग सहकार्य हुने जानकारी दिंदै सिग्देलले भने, ‘महाआरतीले भारतीय पर्यटकका लागि नेपालगन्ज आउने र त्यसकालागि स्टे गर्ने राम्रो अवसर बन्दै जानेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया