कर्मचारी मिलन केन्द्रबाट खत्री र प्याकुरेलको विदाई

कर्मचारी मिलन केन्द्र बांँकेले बांकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री र सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेललाई मंगलवार विदाई गरेको छ ।


जिल्ला प्रशासन कार्यालय बांकेको सभाहलमा आयोजित कार्यक्रममा सरुवा भइ गृहमन्त्रालय जाँदै गरेका प्रजिअ खत्री र सेवा निवृत हुन लागेका सहायक प्रजिअ प्याकुरेललाई विदाई गरेको हो ।


कर्मचारी मिलन केन्द्र बांकेका कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मिलन केन्द्र बांकेका पदाधिकारी, बांँकेका सुरक्षा निकायका प्रमुख तथा बांके जिल्लास्थित कार्यालयको प्रमुखहरुले फूलमाला, खादा अविरले विदाई गरिएको थियो ।


विदाईका क्रममा नेपालगन्जको प्रसिद्वशक्ति पिठ बागेश्वरी मन्दिर अंकितमायाको चिनो र स्थानीय उत्पादन जोडा पानस उपहार दिएर आयोजकले दुबैलाई विदाई स्मरणीय बनाएको थियो ।


प्रजिअ खत्रीले आफ्नो सोह्र महिनाको बाँंके बसाईको क्रममा सबैको सहयोग र समन्वयमा स्थाननीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन विवाद रहित रुपमा सफल भएको चर्चा गरे ।


प्रजिअ खत्रीले बांकेमा उद्योग व्यापार, कृषि, पर्यटनको प्रचुर सम्भावना रहेको औल्याउँदै यी अवसरहरुलाई तिब्र गतीमा अगाडी बढाउनु पर्ने सुझाव दिए ।


सेवा निबृत हुन लागेका सहायक प्रजिअ प्याकुरेलले ३५ वर्षे आफ्नो निजामति सेवा जीवनको आधा अवधी बांकेमा काम गरेको स्मरण गरे । यस क्रममा आफुले सबै बांकेवासीको सहयोग पाएको स्मरण गर्दै प्याकुरेलले उक्त सहयोग बिर्सनै नसक्ने बताए ।

प्याकुरेल २०५५ साल देखि पटक पटक बांकको प्रशासकीय अधिकृत, स्थानीय विकास अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी पदमा रहेर बाँकेमा सक्रिय जिम्मेवारीमा रहेका थिए ।


विदाई कार्यक्रममा बांकेका सहायक प्रमुख जिल्ला अधिकारी द्वय टोपेन्द्र के.सी. तथा हरि शर्मा, नेपाली सेनाका कर्णेल श्याम आत्रय शर्मा, प्रहरी उपरिक्षक सन्तोष सिंह राठोैर लगायत सहभागी थिए । कार्यक्रम सहजीकरण मिलन केन्द्र सचिव कृष्ण बहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया