प्रोटिन रनकालागि बाँकेका खेलाडी प्रस्थान

शनिवार हुने दोस्रो संस्करणको प्रोटिन रन हाफम्याराथनमा भाग लिन बाँकेबाट चार खेलाडी बिहिवार काठमाडौंमा प्रस्थान गरेका छन् ।

गत मंसिर २४ गते सम्पन्न आठौं धारा नेपालगन्ज म्याराथनमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई प्रोटिन रन हाफ म्याराथनमा सहभागी गराइएको हो ।

प्रोटिन रनअन्तर्गत पुरुष हाफम्याराथनमा बलबहादुर सुनार, पाँच किलोमिटर स्कुल छात्र दौडतर्फ निशान्त थारु र अतुल गोडिया तथा स्कुलस्तरीय ३ किलोमिटर छात्रा दौडमा दीपशीखा शाहीले भाग लिने छन् ।
कोहलपुर नगरपालिका मेयर पुर्ण आचार्य, राष्ट्रिय खेलकुद परिषद सदस्य एलबी क्षेत्री र नेपालगन्ज म्याराथनका प्रमुख सञ्चालन अधिकृत (सिओओ) सौगातविक्रम शाहले खेलाडीलाई बिदाइ गरेका थिए ।

नेपालगन्ज म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न म्याराथनमा सहभागी गराउने योजना बमोजिम जिल्लाका खेलाडीलाई सहभागिताको पहल र सहयोग गरिएको सिओओ शाहले बताए । आठौं धारा नेपालगन्ज म्याराथनमा बलबहादुरले ४२.१९५ किमीतर्फ सातौं स्थान, अतुलले स्कुलस्तरीय पाँचकिलो मिटरमा पहिलो, दीपशीखाले स्कुलस्तरीय तीनकिलोमिटरमा तेस्रो स्थान हासिल गरेका थिए ।

निशान्तचोटका कारण त्यतिबेला राम्रो नतिजादिन चुकेका थिए । खेलाडीको यातायात, आवास तथाभोजन र दर्ताको सम्पुर्ण खर्च क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट र कोहलपुर नगरपालिकाले बेहोरेको सिओओ शाहले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया