लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिनुहुने भएको छ ।
विश्वासको मतका लागि केही बेरमा संसद बैठक बस्दैछ। सतासी सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।
मुख्यमन्त्री गिरीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्री गिरीलाई नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन र दुई स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन छ । केही बेरमा संसद बैठक बस्दैछ।
सतासी सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच, नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत नदिने भएको छ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत नदिएर विपक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका तेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।