भुकम्प सुरक्षा दिवस ः नेपालगन्जका ३ हजार बढी घर जोखिममा

पश्चिम नेपालमा भुकम्प गएमा ठूलो जनधनको क्षति हुने आंकल गर्दै तथ्यांकहरू सार्वजनिक हुँदै आएका छन् । बाँके भुकम्पीय जोखिममा रहेको जिल्ला हो । बाँके अन्तर्गत पश्चिम नेपालको पुरानो सहर नेपालगन्जमा पनि भुकम्पीय जोखिममा रहेका छ ।

नेपालगन्जमा भुकम्प गैहाले हुनसक्ने क्षति र पूर्व तयारीबारे हालै अध्ययन भैरहेको छ । सुपर परियोजनाले नेपालगन्जमा वस्तु स्थिति अध्ययन गरी गरेको अनुसन्धानका क्रममा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जमा २ सय १८ घर पूर्ण रूपमा क्षति हुनेछन् । त्यस्तै, ८.६ रेक्टर स्केलको भुकम्प गएमा ३ हजार घरहरूमा क्षतिपुग्न सक्ने प्रक्षेपण गरिएको छ । रेडक्रसद्वारा सन्चालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजनाले नेपालगन्जमा जोखिमको आंकलन गरी तथ्य सार्वजनिक गर्दै पूर्वतयारीका लागि अवलम्वन गर्नुपर्ने कार्यबारे स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण पनि औपचारिक कार्यक्रममा गराइसकेको छ ।

परियोजनाको अध्ययन अनुसार, नेपालगन्जमा मात्रै ११ हजार ८ सय जना भन्दा बढी मानिसहरू विपद्को जोखिममा रहेका छन् । त्यसैले पनि सुपर परियोजनाले पूर्वतयारी र प्रतिकार्यमा जोड दिएको छ ।
आज सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस दिवस । दिवसका अवसरमा भूकम्पबाट जोगिन भुकम्प प्रतिरोधी पूर्वाधार निर्माणको सन्देश दिँदै विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना हुने गरेका छन् । तर, औपचारिकताका लागि मनाइने यस्ता दिवसले खासै प्रभाव भने पार्दैनन् ।

कमजोर भौतिक संरचना नै भुकम्पबाट मृत्युको प्रमुख कारण हो । भुकम्प प्रतिरोधी भौतिक सरंचनाले भुकम्पका बेला मानवीय क्षति धेरै कम गर्न सकिने विश्वास छ । भुकम्पले आफैले मार्दैन कमजोर, अव्यस्थित भौतिक संरचनाले किचेर मार्ने हो ।

नेपालगन्ज दशकौं पुरानो सहर हो । सहरीकरण हुँदै जाँदा भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । जब भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि भवन निर्माण संहिता लागु थियो । नेपालगन्जमा बनेका नयाँ घरहरू मापदण्ड अनुसार नै छन् । तर, पुराना भौतिक संरचना भुकम्प आएमा धराप साबित हुने निश्चित नै छ ।

विगतमा भुकम्पले ठूलो क्षति पुर्याएपछि सरकारी स्थलमा बन्ने संरचनाहरू भने भुकम्प प्रतिरोधी बनाउने गरिएको छ । तर, व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पनि पाइने सम्बद्धहरू बताउँछन् ।

वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि वि.सं. २०७२ वैशाख १२ गते शनिबार आंशिक क्षति पुग्यो । ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो ।

प्रतिक्रिया

प्रतिक्रिया