कार्ययोजनासहितको ‘रोडम्याप’मा क्यान महासंघ

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) बाँकेले आगामी वर्षका लागि संस्थागत रोडम्याप तयार गरेको छ ।

त्यसका लागि शुक्रवार वार्षिक कार्ययोजना बैठक गरेको क्यान महासंघ बाँकेका अध्यक्ष शिशिरनारायण श्रेष्ठले जानकारी
दिए ।

क्यान महासंघ बाँकेको वार्षिक कार्ययोजना बैठकले १२ महिना १२ कार्यक्रमको योजना तयार गरेको जानकारी दिंदै अध्यक्ष श्रेष्ठले त्यसका आधारमा संस्था अगाडी बढ्ने बताए ।

क्यान महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले आर्थिक वर्ष २०७९/८० को कार्ययोजना बनाउँदा कार्यान्वयनका लागि बैठकले विभिन्न २३ वटा समिति तथा उपसमितिको गठन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार, महासंघ बाँकेले बि–टु–बी कार्यक्रम, डिजिटल समीट, ट्रेनिङ एण्ड वर्कसप, स्कलरशीप प्रोग्रामलगायतलाई आगामी कार्ययोजनामा राखेको छ । त्यस्तै, डिजिटल ट्रन्सफर्मेसन फर डेभलपमेन्ट नेपाल, अवार्नेस प्रोग्राम, फर्मेशन अफ आइसीटी क्लब, मेम्बरसीप एक्स्टेन्सन, स्कोप अफ डिजिटल मार्केटिङ जस्ता योजनालाई क्यानले समेटेको छ ।

‘सचिवालय ब्यवस्थापनलाई पनि कार्ययोजनाले प्राथमिकतामा राखेको छ,’ अध्यक्ष श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘क्यान यीनै कार्ययोजनामा टेकेर अगाडी बढ्छ ।’

क्यान महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भोजराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्ययोजना निर्माण बैठकमा क्यान महासंघ बाँकेका पुर्व अध्यक्ष भुपाल गिरि, क्यान महासंघ बाँकेका पदाधिकारी लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया