‘टुर डे ठाकुरद्वार’ तयारीमा तिब्रता

सचिवालय उद्घाटन


नेपालगन्ज साइक्लिङ क्लबले हरेक बर्ष आयोजना गर्दै आइरहेको ‘टुर डे ठाकुरद्वारको’ ५ औं संस्करण यसबर्ष माघ २७–२८ गते हुने निश्चित भएको छ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार, निर्धारित मितिमा आयोजना भव्य बनाउन तयारीलाई तिब्रता दिइएको छ ।


त्यसको औपचारिक कामलाई व्यवस्थित गर्दै तयारीलाई तिब्रता दिन, आइतवार टुर डे ठाकुरद्वारको सचिवालय उद्घाटन गरिएको छ । क्लब सचिव प्रदीप सापकोटाका अनुसार, नेपालगन्ज साइकल उत्सव अन्तर्गत आयोजना गर्न लागिएको टुर डे ठाकुरद्वार–२०७९ को सचिवालय लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले शनिवार उद्घाटन गरेका हुन् ।


क्लबका अध्यक्ष निरौलाले सचिवालय उद्घाटन सङ्गै अब आफुहरु कार्यक्रमलाई भब्य रूपमा आयोजना गर्न सम्पूर्ण रूपमा होमिएको बताए । उनले यसबर्ष कस्मिर, मुम्बई, दिल्ली, चन्डिगढ, लुधियाना, बरेली, लखनउ, पन्जाब, नैनिताल लगायतका भारतीय सहरबाट झन्डै ५० बढी सहभागी निश्चित भएको बताए ।


नेपालका ७ वटै प्रदेशका सबै शहरबाट गरि १०० बढी र स्थानीय बाके/बर्दियाबाट १०० बढी सहभागी गरि २५० बढी साइक्लिस्टहरुको सहभागिता रहने क्लबका कोषाध्यक्ष राजेश गुप्ताले जानकारी दिए । ‘त्यसका लागि आवश्यक तयारीलाई अगाडी बढाइएको छ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया