सवा करोडमा लगानीको नेपालगन्जमा ‘माइ फिटनेस’

सुर्खेतरोड स्थित वेष्टर्न मलमा सवा करोड बढीको लगानीका साथ फिटनेसका लागि ‘माइफिटनेस’ सञ्चालनमा आएको छ । नेपालगन्जका तीन जना युवा व्यवसायीले सवा करोड बढी लगानीको ‘माइफिटेस जीम’ सञ्चालनमा ल्याएका हुन् ।

फिटनेसका लागि आवश्यक सबै उपकरणका लागि माइफिटनेस जीम सञ्चालनमा ल्याइएको हो’, जीमका सञ्चालक मो. ज्याकले दैनिक नेपालगन्जसँग भने, ‘हामी नेपालगन्जका अन्य जीमहरु भन्दा बिल्कुलै फरक सेवा लिएर आएका छौं ।’


१ करोड १० लाख लागतको जीमसँगै १५ लाख बढीको ‘प्रोटिन क्याफे’ को अवधारणामा अगाडि बढेका मो. ज्याकसँगै मोहम्मद अली र मोहम्मद सलिमले सञ्चालनमा ल्याएको माइफिटनेस जीम उनीहरुको नेपालगन्जमा दोस्रो शाखाका रुपमा वेष्टर्न मलमा सञ्चालन गरिएको हो ।

‘पाँच बर्ष अघि ५६ लाख लागतमा धम्बोझीमा सञ्चालनमा ल्याइएको माइ फिटनेसलाई अत्याधुनिक ढंगले मलमा शाखाका रुपमा सेवा शुभारम्भ गरिएको हो’, शनिबारबाट औपचारिक सेवा सुरु गरेका माइ फिटनेसका सञ्चालक ज्याकले भने, ‘दुई दिन दिनमै ८० जनाले हाम्रो प्याकेज खरिद गर्नुभएको छ ।’

धम्बोझीमा १ सय ३० युवालाई दैनिक फिटनेस सर्भिस प्रवाह गरिरहेको माइ फिटनेसले मल मार्फत सयौंलाई सेवा दिन सक्ने क्षमता बिस्तार गरेको जनाएको छ । ‘सुरुमै १ महिला सहित ५ जना टे«नर नियुक्त गरेर प्रत्येक सेवाग्राहीलाई प्रत्यक्ष निगरानीमा फिटनेस सेवा उपलब्ध गराइँदैछ’, मो. ज्याकले भने, ‘हाम्रो गाइडलाइन प्रोटिन फोकस होइन, क्यालोरी वर्नदेखि तमाम गाइडलाइनहरु उपलब्ध गराइनेछ ।’

बार्षिक ३० हजार रुपैयाँको प्याकेजलाई यतिबेला १८ हजारमा बेचिरहेको माइफिटनेसमा मासिक २ हजार ५ सयसम्मका फिटनेस प्याकेज राखिएको ज्याकले जानकारी गराए ।

‘त्यससँगै प्रोटिन गाइडलाइनका लागि क्यालोरी मोनिटरिङ्ग गरेर खाना खुवाउने क्याफे सहितको रेष्टुरेन्ट पनि हामी सञ्चालन गर्दैछौं’, ज्याकले क्यालोरी वर्नदेखि हर्टबिट नाप्ने उपकरणसम्म उपलब्ध गराइएको जानकारी दिंदै भने, ‘६० बढी उपकरणमात्रै फिटनेसका लागि उपलब्ध छन् ।’ उनले आफ्नोमा उपलब्ध ४ सय बढी फिटनेशका सामानहरु नेपालगन्जका अन्य जीममा उपलब्ध नभएको दाबी गरे ।

प्रतिक्रिया

प्रतिक्रिया