शोफियाले आयोजना गर्यो १६ औं वार्षिकोत्सव

शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले विहीवार आफनो १६ औं बार्षिक उत्सव आयोजना गरेको छ ।


वार्षिकोत्सवलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले सम्बोधन गरे । नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा विभागका अधिकृत भीम बहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका हुने बताए । अभिभावकको चाहाना र सपना पुरा गर्न विद्यालयको ध्यान जानुपर्ने उनको धारणा थियो ।


कार्यक्रमको अध्यक्षता गरिरहेका स्कुलका संस्थापक प्रिन्सीपल के.बी.बसेलले २० बर्ष अगाडि आफुहरुले सोचेको योजनाले बिस्तारै परिणाम दिन थालेको बताए । ‘थोरै लगानीमा नेपालगन्जमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सकियोस भनेर सन २००४ बाट शुरु भएको प्रयास सफल हुदै गएको छ,’ संस्थापक प्रिन्सीपल बसेलले भने ।


विद्यालय प्राङ्गगणमा आयोजित १६ औं बार्षिकोत्सव कार्यक्रममा बर्षका उत्कृष्ट विद्यार्थी, विभिन्न प्रतिभा लगायतका विधामा सफल हुने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सयौं विद्यार्थीले अभिभावकको उपस्थितिमा विभिन्न विधाका प्रस्तुतिमा रमाएका थिए ।


विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई यस बर्षदेखि निरन्तरता दिन थालिएको विद्यालय जनाएको छ । वार्षिकोत्सवमा अभिभावक, शिक्षक, शिक्षिका र अतिथी वर्ग सामु स्कुलका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक पहिचान, विविधता झल्किने खालका पोशाकमा सजिएर नृत्य, गीत, नाटक, कविता लगायतका प्रस्तुति राखेका थिए । आफ्ना सन्तानका प्रस्तुतिबाट उत्साहित अभिभावकहरुले दिनभर कार्यक्रममा सहभागी भएर हौसला प्रदान गरे ।


शोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले प्रत्येक बर्ष बार्षिक उत्सव, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ । वार्षिकोत्सवसँगै तथा ख्रीष्टमस विशेष कार्यक्रम पनि आयोजना गरिएको विद्यालयले जनाएको छ ।


‘विद्यार्थीलाई शिक्षासँगै आन्तरिक प्रतिभाको विकास र उजागर गर्ने कुुरामा विद्यालय केन्द्रीत छ,’ विद्यालयका सञ्चालक डक्ट प्रसाद धितालले भने, ‘यसखालका कार्यक्रमले विद्यार्थीलाई खुशी बनाउने र रमाउने वातावरणको सिर्जना पनि गरिरहेको हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया