बाँकेको क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्यका उम्मेद्वार भिम ओलीका भाईमाथि बिहीबार राती १२ बजेतिर अज्ञात समुहले खुकुरी प्रहार गरेको छन् ।
खजुरा गाउँपालिका २, बलैगाउँ स्थित घरमा सुतिरहेका मुमबहादुर ओलीलाई घरबाहिर बोलाएर खुकुरी प्रहार गरिएको थियो ।
‘हामी सुतिरहेका थियौँ । रातको करिव १२ बजेतिर अज्ञात समुह आएर बाहिर आउन भन्यो । भाई घरबाट बाहिर जाने वित्तिकै खुकुरी प्रहार गरि फरार भयो,’ उम्मेदवार भीम ओलीले भने, ‘आक्रमण गर्ने समुह कहाँबाट परिचालन भएको हो भन्ने पछि खुल्दै जाला तर घटना सुनियोजित हो भन्ने हाम्रो ठम्याई छ उहाँले भन्नुभयो । भाई माथि भएको आक्रमणबाट हामी दुखी छौँ,’ उम्मेदवार ओलीले भन्नुभयो, ‘आक्रमण हुने बेला म आफै घरमा थिए । परिवारका सबै सदस्य घरमै थियौँ । यसरी आक्रमण हुँदा हामी त्रसित भएका छौँ ।’
घटना लगत्तै इलाका प्रहरी कार्यालय धनौलीबाट आएको प्रहरीले आक्रमण गर्ने समूहले प्रयोग गरेको खुकुरी र ना ६२ प ६७७४ नं. को स्कुटर घटना स्थलबाट बरामद गरेको उहाँले बताउनुभयो । घाइते ओलीको भेरी अस्पताल नेपालगन्जमा उपचार गरिएको छ । उहाँको टाउँकोमा टाँका लागेको छ ।