ढुक्क हुनुस्, नेपालगन्ज शान्त र सुरक्षित छ

निर्वाचन आफैमा एउटा क्रान्ति हो । हरेक राजनीतिक व्यवस्था परिवर्तन गर्छन् र निर्वाचनले पात्र परिवर्तन गर्छ वा पात्र नविकरण गर्छ । निर्वाचन पात्र नविकरण हुने वा परिवर्तन हुने अवसर हो । निर्वाचनका संघारमा जतिसक्दो मतदातालाई मतदानको लाइनमा उभ्याउन सकियो भने यसको सफलता हुन्छ । मतदातालाई मतदान स्थलसम्म पुर्याउन सक्नका लागि निष्पक्ष, भयरहित बनाउन हामी प्रयत्नरत छौं ।

बाँके जिल्लाका धेरै कुरा उठेका छन्, जिल्ला संवेदनशील पनि भनिएको छ । बाँके जिल्लामा बस्न पाउने व्यक्ति आफैमा पनि भाग्यमानी हुन् । यहाँ धेरै पहाडी जिल्लाका बासिन्दा बसाईसरी आउनु भएको छ । बाढी, पहिरोले छुदैन, विपत्तिले छुँदैन, भारतसँग जोडिएको छ, सुविधा छ ।

नेपालगन्जको ७० किलोमिटर भन्दा बढी भारतसँग सीमा खुला छ । धेरै थरीका मान्छे नेपालगन्ज आउनु भएको छ । यहाँ विविधताले भरिएको छ । बाँके अपराधका हिसाबले पनि अगाडि छ ।

मैले १५/१६ महिना बाँके बस्ने अवसर पाएँ । केही दिनअघि एक जनाले हतियार निकाल्यो (त्रिभुवन चोक फायर प्रकरण) त्यो मान्छेलाई मैले समातिसकेको छु ।

आगलागीको घटनामा बम पड्कियो भनियो । त्यसो होइन, हामीले त्यहाँ अनुसन्धान गरेका छौं । अर्काले के भन्छ, त्यसको पछाडि लाग्नु भयो भने तपाई के जान्ने बुझ्ने ? बुझ्नु भएन भने हामीलाई सोध्नुस् । बुझेर मात्र कुरा गर्नुस् । उल्टो कुरा गरेर नेपालगन्जलाई बदनाम गर्ने अधिकार कसैलाई छैन । यस्तो ठूलो सहर हो, कुनै ठूला घटना घटेको छैन ।

निर्वाचन अब १५ दिनमात्रै बाँकी छ । सबै संवेदनशील होउँ, सबै इमान्दार होउँ । जिम्मेवार होऔं । नेपालगन्ज अत्यन्त शान्तिपूर्ण छ । यहाँ अत्यन्त जिम्मेवार मान्छे हुनुहुन्छ । सबै मतदातालाई मतदान स्थलसँग पुर्याउने कुरा गरौं । स्थानीय निर्वाचन असाध्यै शान्तिपूर्ण भएको छ । के घटना घट्यो ? कहीँ पुलिसले एक लाठ्ठी हान्नु परेको छैन ।

नेपालगन्जका मतदान केन्द्र साँघुरा छन् । रोडमा लाइन लागेर मतदान केन्द्र जानु पर्ने अवस्था छ, त्यसको विकल्प छैन । विकल्प नभएको ठाउँमा विकल्प खोज्ने कुरा भएन त्यसैमा काम चलाउनु पर्छ । यहाँका हल्लाका पछाडि लाग्ने कोही छैन, सबै बुझ्ने मान्छे हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा सबैले सहयोग गर्नुभएको छ, हामी सबैले पोजेटिभ धारणाका साथ जाउँ, कुनै पनि घटना घट्दैन ।

प्रतिक्रिया

प्रतिक्रिया