कस्तो बनाउने भेरी अस्पताल ?

पश्चिम नेपालकै केन्द्रीय अस्पतालका रूपमा सेवारत नेपालगन्ज स्थित भेरी अस्पताललाई अब कस्तो बनाउने ? सरोकारवालाहरू बीच भेरी अस्पतालको आगामी पूर्वाधारबारे बुधबार अन्तरक्रियात्मक बहस गरिएको छ ।


सरकारले भेरी अस्पताललाई ५ सय शैय्याको सेवाका लागि स्तरवृद्धि गर्दै १ सय ५० करोड बजेट सहितको बहुबर्षिय योजना स्वीकृत गरेपछि बनेको डिपिआरमा सरोकारवालाहरूको सुझावका लागि बहस गरिएको हो ।


‘सरकारले दुई बर्ष अघि नै योजना स्वीकृत गरेपनि तत्कालीन कोभिड महामारीका कारण योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सकिएको थिएन’, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले भने, ‘त्यसका लागि डीपीआर बनाउन दिइएको थियो ।’


सोही डीपीआरमा केन्द्रित रहेर जिल्लाका सरोकारवाला कार्यालयका प्रतिनिधि, अस्पताल विकास समिति, वरिष्ठ चिकित्सकहरू, पूर्व प्रमुख लगायतसँग बुधबार छलफल गरिएको थियो ।


डीपीआरको जिम्मा पाएको मल्ल एण्ड गु्रप इन्जिनियरिङ कन्सल्टेन्सीका प्राविधिकले प्रस्तुत गरेको डीपीआरमा संघीय योजना कार्यान्वयन इकाइका अधिकारीले समेत धारणा राखेका थिए ।

अस्पतालका पूर्व मेसु डा. प्रकाश बहादुर थापा, अस्पताल विकास समितिका सदस्य धनराम ओली, अध्यक्ष सकिल जसगढ लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया