गाउँवस्तीमा एमाले उम्मेदवार

बाँके क्षेत्र नम्बर ३ मा एमालेलाई सघाउँदै राप्रपा, मैदानमै पूर्वमन्त्री फत्तेसिंह थारु

बाँकेमा जिल्लाभर नेकपा एमालेसँग तालमेल गरेको राप्रपाले निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवारलाई जिताउने अभियान शुरु गरेको जनाएका छन् ।

एमाले बाँकेका अनुसार, त्यसका लागि ३ को (१) मा सोमवारबाट पूर्वमन्त्री, राप्रपाका वरिष्ठ नेता फत्तेसिंह थारुले मैदानमै कमाण्ड सम्हाल्न पुगेका छन् । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा किस्मत कुमार कक्षपति तथा प्रदेशसभाका रत्न खत्री र भिम ओलीका लागि राप्रपाको समर्थनमा उम्मेदवार बनेका कारण थारु कमाण्ड सम्हाल्न पुगेका हुन् ।

एमालेको तर्फबाट उम्मेदवार कक्षपति र खत्रीको प्रचारमा राप्रपाका बरिष्ठ नेता रहेका थारु सोमबार दिनभर बैजनाथ गाउँपालिकाका विभिन्न गाउँको घरदैलोमा सहभागी भएका पूर्वमन्त्री थारुको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरिएको जानकारी दिइएको छ ।

बाँके क्षेत्र नं. ३ (२) मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति, ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओलीले सोमवारदेखि जानकी गाउँपालिकामा घरदैलो र जनभेटघाट शुरु गरेका जनाएका छन् ।

जानकी गाउँपालिका वडा नं. १ का विभिन्न बस्तीमा जनताँंग छलफल र भेटघाट गर्दै उम्मेदवारद्वयले अधुरा विकास योजना पूरा गर्ने अठोट व्यक्त गरे । उनीहरुले विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दै स्थानीयका गुनासा र मागलाई पनि टिपोट गरेका छन् । स्थानीयसंगको भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले आफुहरु स्थानीयबासीले उठाएका मागहरुलाई सम्बोधन गर्न आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए । बन्दै गरेका पुल पुलेसा, सडक, लालपुर्जा नागरिकता जस्ता समस्याहरु स्थानीयले उम्मेदवारमामु राखेका थिए ।

एमाले उम्मेदवारहरुले विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दा स्थानीयका समस्या सुन्ने र आफुले ५ वर्षमा गर्न सक्ने कामका बारेमा प्रतिवद्धता व्यक्त गर्दै आएको बताए छन् । उम्मेदवार ओलीले आफुलाई जति घोटे पनि दाग ननिस्कने भन्दै मनैदेखि समर्पण भएर राजनीतिमा लागेकोले जनताको साथ रहने विश्वास व्यक्त गरे ।

एमाले बाँके जिल्ला कमिटीका सचिव समेत रहेका उम्मेदवार खत्रीले प्रदेशको विकास र समृद्धिका लागि आफु उम्मेदवार बनेको बताउँदै अन्य पार्टीले पटक–पटक जनतामा असफल भईसकेका ब्यक्तिलाई जबरजस्ती मैदानमा उतारेको टिप्पणी गरे । निर्वाचनपछि प्रत्येक महिना गाउँ आउने र विकास र समृद्धिको विषयमा जनतासँग अन्तरक्रिया गर्ने बताए ।

निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले पुर्वमन्त्री थारुको सक्रियताले संयुक्त चुनावी कार्यक्रममा थप रौनकता आएको बताउनुभयो । एमाले नेताहरु नन्द बिक, गुमान दमाई, मानवहादुर रुचाल, प्रेम सुवेदी, धर्मलाल रोकाय, राप्रपाका नेता ठाकुरसिंह थारु लगायतका नेताहरु सहित प्रदेशमा भेटघाट तथा घरदैलो चलिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया