बाँकेको नेपालगन्ज–५ रामनगरमा आइतबार विहान चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आगलागीका क्रममा विष्फोटको आवाज समेत सुनिएको स्थानीयले बताएका छन् ।
घटनामा चुरा पसल सञ्चालक मोहम्मद आरिफ अन्सारी घाइते भएका हुन् भने उनका साला समिरको मृत्यु भएको हो । उनको निसास्सीएर मृत्यु भएको अनुमान गरिएको छ ।
बाँके प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिएको छ ।