कसले गर्दैछ शेषको दुष्प्रचार ?

बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले आफ्नो चुनावी अभियान तिब्रता दिएसंगै उनी बिरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन फेक आइडीको प्रयोग सक्रिय भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी सरगर्मी बढेको छ । यति बेला उम्मेदवार आ-आफ्ना प्रतिबद्धता र घोषणापत्र सहित जनताको दैलोमा पुगिरहेका छन ।

उम्मेदवार शेषले चुनावी अभियानलाई तिब्र पारे संगै उनी बिरुद्ध सामाजिक सञ्जाल मार्फत उनको चुनावी माहोललाई दुषित गर्न बाहिरी तत्वहरु सक्रिय भएको प्रचारप्रसार समितीले जनाएको छ ।

निर्वाचन आयोगले कडा रुपमा सामाजिक सञ्जाल माथि निर्वाचन स्वच्छताका लागि निगरानी गर्दै आए पनि उनी बिरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन फेक आइडीको प्रयोग सक्रिय भएको उम्मेदवार शेषको प्रचारप्रसार समितिकी संयोजक जोया शेषले जानकारी दिइन ।

उनले हामीलाई भनिन, ‘यस विषयमा प्रशासनलाई विशेष आग्रह गर्न चाहन्छु, केही दिन देखि यस क्षेत्रका स्वतन्त्र उम्मेदवार शेष सबैभन्दा बढी लोकप्रिय भएको र उनको उम्मेदवारीबाट भयभीत भएका विभिन्न विपक्षी नेताहरूले केही फेक आइडी प्रयोग गरि भ्रम छर्ने कार्य गरिरहेकोले प्रहरी प्रशासन र निर्वाचन आयोगले यस्तो तत्वलाई कडा कार्यवाहीको दायरामा उभ्याउना आग्रह गर्दछु ।’

उनले थप भनिन, ‘जनप्रिय नेता शेषको अगाडी अन्य नेताहरूको केही नचलेपछि यस्ता घृणित कार्य गरि जनता बीच भ्रम फैलाउने कार्यमा उत्रिएका हुन ।

बाँकेको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अह्मद शेषको प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मो. इस्तियाक राईको तस्विर राखिएको पाईएको छ ।

बिद्युतको पोलमा स्वतन्त्र उम्मेदवार शेषको टासिएका पब्पिलेट माथि जसपाका राईले आफ्नो स्टिकर राखिएको तस्विरले देखाउछ । उम्मेदवार शेषले आफ्ना कतिपय स्थानमा पब्पिलेट समेत च्यातिएको बताएका छन ।

उनले हामीलाई प्रतिक्रिया दिदैँ भने, ‘पहिले त म उम्मेदवारी नै नदिउ भनेर बिभिन्न षड्यन्त्र गर्न लगाइयो, मैले उम्मेदवारी दर्ता गर्न गएको बेलामा पनि आयोगको हाता भित्र मेरो हात भाचियो, अहिले पनि निर्वाचनमा सहभागी नहुन बिभिन्न षड्यन्त्र गरिदैछ ।’

उनले थप भने, ‘मो. राई अहिले आफ्नो हारको मानसिकतामा पूणर् रुपमा पुगिसकेका छन । निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार दिएको छु । प्रचारप्रसारका लागि विद्युतको पोलमा टासिएका पर्चा पब्पिलेट च्यात्न लगाउने र आफ्ना नेता कार्यकर्ता मार्फत पब्पिलेट माथि आफ्नो तस्विर राख्न लगाउने कार्यको म बिरोध गर्दछु । मेरो उम्मेदवारी संगै उनी हार्ने मानसिकता कै कारण यस्तो कार्यमा उत्रिएका हुन ।’

उम्मेदवार शेषले यो कार्यको बिरोध गर्दै आयोगको पनि ध्यानाकर्षण गराउने बताएका छन ।

प्रतिक्रिया

प्रतिक्रिया