नेपालगन्जका युवा उद्यमी तेम्पा शेर्पालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालगन्जका युवा उद्यमी तेम्पा शेर्पालाई युरोपियन इन्टरनेशनल युनिभर्सिटीले ‘प्रोफेशनल डक्टरेट इन ग्लोबल लिडरशीप एण्ड मार्केटिङ’ उपाधी प्रदान गरेको छ ।


सिंगापुरमा हालै आयोजित भव्य समारोह बीच नेपालसहित विभिन्न देशका २० जना नेतृत्वदायी व्यवसायिक व्यक्तित्वहरूलाई युरोपिएन इन्टरनेशल युनिभर्सिटीले उक्त उपाधी प्रदान गरेको हो ।

‘नेपालीहरू विश्व बजारको नेतृत्वमा कम छैनन् भन्ने कुराको महसुस समारोहमा उपाधी ग्रहण गर्दाको क्षणले गराएको छ’, सिंगापुरको हिलटन अर्किटमा आयोजित समारोह पछि कार्यक्रममा सहभागी तेन्जी शेर्पाले दैनिक नेपालगन्जसँग भने, ‘यसले नेपाली युवाहरूलाई विश्वभर गौरव गर्न लायक सन्देश प्रवाह गरेको महसुस गरेको छु ।’


करिब दुई दशकदेखि डाइरेक्ट सेलिङको क्षेत्रमा विश्व बजारमा संघर्षरत् युवा उद्यमी तेम्पा शेर्पा नेपालगन्ज स्थायी निवासी हुन् । नेपाल भारत सहित विभिन्न पाँच देशमा आफ्नो व्यवसायिक क्षमता बिस्तार गरेका शेर्पाले करिब ४ लाख प्रतिनिधिको नेतृत्व गर्दै आफुलाई ‘प्रोफेशनल डक्टरेट इन ग्लोबल लिडरशीप एण्ड मार्केटिङ’ आफुलाई मार्केटिङ उपाधीका लागि साबित गरेका हुन् । समारोहमा उनीबारे प्रस्तुत सामाग्रीमा ‘डा. तेम्पा शेर्पा’ सम्बोधन गर्दै उपाधीका लागि योग्य ठानिएको विवरण प्रस्तुत गरिएको थियो ।

ड्रिम टिम ग्लोबलका फाउण्डर शेर्पाको हेल्दी लिभिङ नेपाल प्राइभेट लिमिटेडले गत बर्ष कोभिडका बेला समेत सय करोडको व्यापारिक टर्न ओभर गर्न सफल भएपछि चर्चा पाएको थियो । अन्तर्राष्ट्रिय अवार्ड ग्रहणपछि उत्साहित उनी भन्छन्, नेपालबाटै विश्व बजारमा आफ्ना उच्चस्तरीय उत्पादन पुर्याउन सकिन्छ भन्ने सम्भावनामा मेरो ध्यान छ ।


वेल्दी टे«ड प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेर्पा पछिल्लो दुई बर्ष नेपालमा पनि प्रत्यक्ष बजारीकरणमा क्रियाशिल छन् । संसदले कानुन बनाइसकेपछि दु्रत रूप लिएको ‘डाइरेक्ट सेलिङ सिष्टम’ का लागि नेपालमा राष्ट्रिय प्रशिक्षकका रूपमा समेत रहेका उनी मोटिभेसनल स्पीकरका रूपमा देशविदेशमा परिचित छन् ।

ड्रिम टिम ग्लोबलका फाउण्डर शेर्पाको हेल्दी लिभिङ नेपाल प्राइभेट लिमिटेडले गत बर्ष कोभिडका बेला समेत सय करोडको व्यापारिक टर्न ओभर गर्न सफल भएपछि चर्चा पाएको थियो ।


‘नेपालमै विभिन्न ठाउँमा उद्योग स्थापना गरेर स्तरीय उत्पादन उपभोक्ता माझ पुर्याउनका लागि आवश्यक अध्ययन भैरहेको छ’, हेल्दी लिभिङ मार्फत हाल सयबढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका शेर्पाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि नेपालगन्ज वा त्यसैको सेरोफेरोमा एउटा ठूलो उद्योग स्थापनाको पहल भैरहेको छ ।’ हेल्दी लिभिङ नेपालका उनी संस्थापक/ प्रवन्ध निर्देशक हुन् ।


हेल्दी लिभिङ सेनिटरी प्रा।लि।का फाउण्डर समेत रहेका शेर्पा बहुराष्ट्रिय कम्पनी भेष्टिजका नेपालका प्रमुख हुन् । उक्त कम्पनीले डाइरेक्ट सेलिङको कानुन बनेपछि नेपालमा आफ्ना उत्पादनको बजारीकरण दु्रत रूपमा गरिरहेको छ ।

‘त्यसक्रममा हामी भारतका मात्र नभई नेपालमै आफ्नै उत्पादन चेन तयार गर्न उद्दत छौं’, काठमाडौं लगायत विभिन्न ठाउँमा उद्योग स्थापना गरिसकेका शेर्पाले प्रादेशिक संरचनामा आफ्ना उद्योग सञ्चालन अध्ययन भैरहेको जानकारी दिंदै भने, ‘नेपालबाटै विश्व बजारमा आफ्ना उच्चस्तरीय उत्पादन पुर्याउन सकिन्छ भन्ने सम्भावनामा मेरो ध्यान छ ।’


त्यसका लागि उनले आफु मातहतका चार लाख सदस्यहरू विश्व बजारमा जोडिइसकेको आधार देखाउँदै भन्छन्, ‘हामीले उत्पादन गर्ने उच्चस्तरीय सामाग्रीका उनीहरू सबै उपभोक्ता र बजार बिस्तारका प्रतिनिधि बन्न सक्छन् ।’

नेपालमा उद्योग सञ्चालनको सहज वातावरण, नीतिगत सहजीकरण र निकासीका लागि सरकारको आवश्यक सहयोग त्यसका लागि अपेक्षित भएको उद्योगपति युवा शेर्पाको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया