अर्थविद् भन्छन्, ‘सहकारी जोगाउ’

सहकारी संस्थाका कारण मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुगिरहेपनि एकाध संस्थाको बेथितिका कारण सहकारी आन्दोलन नै कमजोर हुने जोखिम औंल्याइएको छ ।

शनिबार टकसार बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभामा बोल्ने अधिकांस विषयविज्ञ तथा सहकारीकर्मीहरूले भने, ‘एकाध सहकारीको मनोमानीले सहकारी आन्दोलनलाई नै बदनाम गर्ने जोखिम बढ्दै गएको छ ।’
त्यसविरुद्ध सहकारीकर्मीहरू एक भएर सहकारीको मर्म र धर्म अनुसार सामूहिक निर्णयका आधारमा अगाडि बढ्नु पर्ने उनीहरूको जोड थियो ।

‘सहकारीले आर्थिक विकासका क्षेत्रमा आधारभूत तहबाटै उल्लेख्य योगदान दिइरहेको छ’, अर्थविद् डा. राजेश केशर खनालले राज्यले नै सरकार, निजी क्षेत्र र सहकारीको तीन खम्बे अर्थनीति लिएको प्रष्ट पार्दै भने, ‘सहकारी कमजोर हुनु मुलुकको अर्थतन्त्र कमजोर हुनु हो ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक सुमन गौतम, टकसारका वरिष्ठ सल्लाहकार इश्वर पोखरेल, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनोडिया, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली, नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देल वेष्टर्न सहकारीका प्रबन्धक थानेश्वर पाण्डेय लगायतले बोलेका थिए ।
टकसारका अध्यक्ष वीरभान केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ सल्लाहकार इश्वर पोखरेलले साना लगानीकर्ताका लागि टकसार सहयात्रीका रूपमा अगाडि बढेको बताए ।

उनले टकसारलाई जिल्लाकै उत्कृष्ट वित्तीय संस्थाका रूपमा विकास गर्ने कार्ययोजना अनुरूप काम भैरहेकाले निर्धक्कसँग लगानी गर्न आव्हान गरे । ‘एकाध सहकारीका कारण सबैलाई अविश्वास गर्ने अवस्था सिर्जना हुनुहुन्न’, सहकारी अभियन्ता पोखरेलले भने, ‘जिल्ला स्तरमै टकसारलाई स्थापित गराउन लागि परेको नेतृत्वले विश्वास जितिरहेको छ ।’

कार्यक्रमको सहजीकरण गरिरहेका संस्थाका प्रबन्ध सञ्चालक महेश्वर जोशीका अनुसार, १३ औं साधारणसभाले कार्ययोजना अनुमोदन गर्दै शेयर सदस्यता वृद्धि गर्ने निर्णय गरेको छ ।

‘निर्णयसँगै ७४ लाख पूँजी थप भएको छ’, जोशीले शेयरपूँजी दोब्बर भएको जानकारी दिंदै भने, ‘अघिल्लो आर्थिक बर्षको त्ुलनामा मुनाफा चार गुणा बढेको छ ।’


बन्दसत्रमा कोषाध्यक्ष भानु रेग्मी, लेखा संयोजक श्रीधर पौडेलका प्रतिवेदन पारित गरिएको प्रबन्ध सञ्चालक जोशीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया