परमकल्याणकारिणी शताक्षी देवी


परमकल्याणकारिणी, व्रह्मस्वरूपा, पराशक्ति माता शताक्षी देवीलाई शाकम्मरी नामले पनि पुकारा गरिन्छ । अर्थात उनको अर्को नाउँ शाकम्भरी पनि हो । आजकाल समाजमा उनको नामबाट कुनै मन्दीर निर्माण गरिएको छैन । कुनै पूजाआजा, भक्तिभाव त परै जाओस् चर्चा समेत गरेको पाइदैन । उनका यशोगान र योगदानका त कुरै छोडौं, ती पराशक्ति माता शाकम्भरी देवी सनातनीहरुको धार्मिक उदासिनताका कारण केवल दुर्गा सप्तशती चण्डी पुस्तकमा र श्रीमद्देवी भागवत महापुराणमा एउटा इतिहास बनेकी छन् ।

उनी वास्तवमा को थिइन ? उनको योगदान के थियो ? उनले दानव वध किन गरिन् ? के उनले आफ्नो शक्तिको भरमा त्यतिकै विना कारण निर्दोष दानवको बध गरेकी थिइन् वा यसको पछि पनि कुनै ठुलो र भयानक कारण लुकेको छ ? यसबारे कसैलाई कुनै चासो छैन बरु श्रुतिका आधारमा उनीबारे चर्को स्वरमा व्याख्या गर्नेहरुको ठुलो होडबाजी छ, बडो दुखको कुरा छ ।

मानवताको रक्षा र कल्याण गर्न अनि वैदिक सनातन संस्कृति र यसका उपलब्धिहरुको संरक्षण गर्न यिनको भूमिका अतुलनीय छ । आज हामीले आफुलाई हिन्दू भनेर जुन परिचय दिन्छौं , वेद ब्यास र भगवान श्री गणेशले लेखेका हाम्रा धार्मिक र ऐतिहासिक धरोहर चार वेद र अठार पुराण एवं उपनिषद्हरू जसबारे हामी गर्व गर्छौं साथै सबै रक्षित छन् त केवल यिनै शताक्षी देवीका कारणले छन् । अन्यथा यो हामीबाट धेरै पहिले नै कसैले छिनी सकेको थियो ।
उहिले सत्य युगमा राजा हरिश्चन्द्ले राज्य गर्थे, उनी साह्रै सत्यवादी राजा थिए, उनको सत्यवादिताको चर्चा स्वर्ग, मर्त्य र पातालमा हुने गर्थ्यो । त्यति मात्र होइन आज सम्म पनि उनको सत्यवादिता र दृढ़ नियश्चय अनुकरणीय रही आएको छ । नमनीय छ । उनले पनि आफ्ना दुर्दशाका घड़ीमा यिनै शताक्षी देवीको पूजा आराधना गर्ने गर्थे ।

त्यो युगमा ऋषि कस्यप र दितीको पुत्र हिरान्याक्ष अत्यन्त वलशाली राजा थिए । उनको वंशमा एक जना रुरु नामका राजा थिए, उनको एक पुत्र थियो उसको नाम दुर्गम थियो । दुर्गम अत्यन्त बलवान थियो, उसले आफ्नो शौर्यको आधारमा अनेक शक्तिशाली देशहरुमा आफ्नो आधिपत्य कायम गरेको थियो । उसको विशाल सेनासित युद्धमा हारेर कैयौं शक्तिशाली राजाहरुले आफ्नो प्राण एवं राज्य गुमाएका थिए, उसको शक्तिको अघि सबै नतमस्तक हुन्थे ।

विशाल भू–खण्डले मात्र पनि उसलाइ सन्तुष्टि प्राप्त भएन, सूरहरुबाट ज्ञान खोसेर, उनीहरु र उनका वन्सजलाई अज्ञानताको भुमरीमा हालेर उसले असुरहरुलाई मात्र ज्ञान प्रवाह गर्न चाहन्थ्यो, तसर्थ वैदिक सनातन संस्कृति र यसका धरोहरमाथि एकाधिकार प्राप्त गर्ने विचार गर्न लाग्यो । दूर्गम दैत्यले सोंच्यो ‘देवताहरुको वल नै चार वेद र मन्त्रहरु हुन् चार वेद र मन्त्रहरु लुप्त हुने बित्तीकै देवताहरुको ज्ञान र शक्ति समाप्त हुनेछ’ त्यसैले उसले वेद र मन्त्रहरु नष्ट गर्ने भयानक षडयन्त्रकारी योजना बनायो ।

यसको लागि उसले परमपीता व्रह्माजीलाई प्रसन्न पार्न हिमालय पर्वतमा गएर वर्षौं सम्म, कठोर तपस्या गर्र्यो, उसको भक्तिबाट प्रशन्न भएर व्रह्माजीले दर्शन दिनु भयो र मन वान्छित वरदान माग्न भन्नु भयो । उसले परम पिता व्रह्माजीसित अभयदान मागेन बरु अनौठो वरदान माग्यो, ‘चारै वेदहरू र मन्त्रहरूमा आफ्नो मात्र एकाधिकार होस् भन्ने’ वरदान माग्यो । त्यति मात्र होइन उसले सम्पूर्ण देवगणलाई पराजित गर्न सक्ने वरदान पनि माग्यो, भगवानले पनि ‘एवमस्तु भनेर वरदान दिनु भयो र अंतर्ध्यान हुनु भयो ।

यसरी दुर्गम दैत्यले सम्पूर्ण ज्ञानमा एकाधिकार प्राप्त गर्यो । त्यसपछि देव र मनुष्यलाई शिक्षा बर्जित गरि दियो, विद्यालयहरु केवल उसका आफ्नाको दैत्य एवं समर्थककालागि मात्र थिए । बाँकीलाइ अध्ययन गर्न रोक लगायो, यो क्रम वर्सौं सम्म चल्यो, वृद्धहरूले आफुले जानेका ज्ञान बिर्सिन लागे, नयाँ पुस्ताले ज्ञान आर्जन गर्न पाएनन््र कुनै अध्ययन अनुसन्धान गर्न पाएनन् ।

यहि माझ प्रकृति पनि प्रतिकुल भइन्, एक वर्ष दुइ वर्ष गर्दा गर्दा धेरै वर्ष सम्म वर्षा भएन । कृषि उत्पादन बिस्तारै बन्द भयो कुवा, जलाशय सबै सुक्दै गए अब जलश्रोतको लागि मानव केवल नदीमा मात्र आश्रित भयो । यो हुने बित्तिकै उसले सबै नदी नाला आफ्नो कब्जामा लियो सूरहरुलाई नदीनालाको जल प्रयोग गर्न दिएन । उनीहरु भोकका कारणले दिनहुँ मृत्युलाई प्राप्त हुन लागेकै थिए तर अब जलाभावका कारण मृत्युको दर झन् बिकराल रुपमा वृद्धि हुन लाग्यो ।

अधिकांश मानिसको र पशुपन्छीको मृत्यु भयो । घर घरमा लासको ढेर लाग्यो ्र कतिपय परिवार निर्वंश भए, जीवजन्तु सबै मृत्यूलाई प्राप्त भए । स्थिति यति बिकराल भयो कि ती मृतकलाइ मृत्यु पर्यन्त पिण्डपानीको त कुरै छोडौं अन्तेष्टि गर्ने समेत कोहि भएन, घर–घरमा मानिसहरु र पशुधनको मृत शरीर कुहिन लाग्यो । दुर्गन्ध फैलियो, वातावरण विषाक्त बन्न पुग्यो अनि रोगब्याध फैलिन लाग्यो ।

दूर्गम दैत्यको त्यो दानवीय आतंकवाट लाचार भएर बचेका जीवित व्यक्ति रातारात भागेर हिमालय पर्वत तिर लागे, भोजन र पानीको अभावले गर्दा ती मानव अत्यन्त दुर्वल भएका थिए फलस्वरूप कतिपयले त बाटोमै मृत्युलाई वरण गरे । बचेकामात्र हिमालय पर्वत पुग्न सफल भए, त्यहाँ पुगेपछि आफ्नो प्राण रक्षाका लागि गुफामा बसेर उनीहरुले जगतजननी अम्विका माताको तपस्या गर्न लागे ।

उनीहरुले वेदान्तोपनिषदद्वारा जान्ने योग्य कूटस्थ र चिदरुपा भगवतीको आराधना गरे, केहि समय माताको आराधना गरे पछि उनीहरुको भक्तिदेखी प्रशन्न भई भगवतीले उनीहरूलाई सहस्र नेत्रयुक्त दीव्यस्वरूपको दर्शन दिनुभयो । आफ्ना असंख्य नेत्रहरूद्वारा उनीहरुलाई बारम्बार मातृत्व प्रदान गर्नुभयो । आफ्ना ती दीन(हीन भक्तहरुलाई देवीले सहस्र नयनले कृपा वर्षाएकी हुनाले उहाँलाई शताक्षी देवी अनि सहस्राक्षी देवी भनियो ।

यो सुखाबाट मुक्ति दिन माताको कृपाले नौ दिन नौ रात सम्म अविरल वर्षा भयो ्र उनीहरुलाई तत्काल अनिकालबाट बचाउन फल, कन्दमूल र सागहरु खान दिनुभयो । ती असहाय, भोकमरीले पिडित आफ्ना भक्तहरूलाई तुरन्त जीवन रक्षा गर्न हरियो साग खान दिनुभएकी हुनाले ती दयावती भगवतीलाई शाकम्भरी भनियो । दुर्गा सप्तशती चण्डीमा भने माताले आफ्नो शरीरमा साग उमारेको भनी उल्लेख गरिएको छ । त्यसैले ती व्रह्मस्वरुपिनि देवीलाई शाकम्भरी देवी भनियो ।
मानव रक्षा गरिसके पछि शताक्षी देवीले पशुचौपायालाई पनि घाँस खान दिएर उनीहरुको प्राण रक्षा गर्नुभयो, यसरी शाकम्भरी देवीले मानव सहित पशुचौपायालाई समेत साग, फल र कन्दमूल खुवाएर प्राण रक्षा गरेको कुरा दुर्गम दैत्यले थाहा पायो जसलेगर्दा उसको क्रोध झन् बढेर आयो । दुर्गमाले यसको लागि मातासित बदला लिन चाहन्थ्यो, त्यसैले आफ्ना विशाल सेना लिएर मातासिंत युद्ध गर्न गयो । उसका विशाल सेना देखेर मानव तथा देवगणमा भय सिर्जना भयो । सबै आतंकित भए, आफ्नो प्राण रक्षाका लागि सबैले ‘माता रक्षा गर्नुहोस’ भनेर बिन्ती गर्न लागे, त्यो दुर्गम दृत्यको विशाल सेनासित युद्ध गर्न र मानवजातिको रक्षार्थ माताले तेजोमय स्वरूप लिनुभयो र आफु त्यहि तेजोमय चक्रबाट बाहिर आउनु भयो ।
हेर्दा हेर्दै ती ब्रहम स्वरूपा माताको शरीरबाट अनेक अद्भूत शक्तिहरुको प्रादुर्भाव भयो, यसरी प्रादुर्भूत मातृ शक्तिहरुमा कालिका, तारिणी, बाला, त्रिपुरा, भैरवी, रमा, बंगला , मातंगी, त्रिपुरसुन्दरी, कामाक्षी, तुलजा देवी , जम्भिनी , मोहिनी , छिन्नमस्ता तथा गुह्यकाली ९ दश सहस्र बाहुको ० शक्तिहरु सहित चौंसठी शक्तिहरुको प्रादुर्भाव भयो ।

सबै मातृ शक्तिका भुजाहरु दीव्य आयुध शस्त्रहरुले शोभायमान थिए ्र यसप्रकार त्यो युद्धस्थलमा पराम्बाको अनुकम्पाले असंख्य शक्तिहरु उत्पन्न भए ्र ती मात्रीगणले त्यो अपराधि दुष्ट दानव दुर्गमसित युद्ध गर्न लागे ्र दूर्गमका पनि सहस्र औक्षणी सेना युद्धभूमिमा तैनात थिए । मातृशक्तिहरुको शक्ति र युद्ध कौशलले तिनीहरूको सजिलोसित संहार भयो । त्यो युद्धमा दूर्गम दैत्यका शेनाहरु द्रुतगतिमा मारिए ्र यसरी दशदिन सम्म युद्ध हुँदा उसका सबैजसो सेना मारिए ्र उनीहको रगतले पृथ्वी लाल रंगकी भईन ्र एघारौँ दिनको दिन दुर्गम स्वयं युद्ध गर्न गयो ।

त्यसको लागि ऊ सजिसजाउ भएर पूर्ण तयारीका साथ युद्ध भूमिमा उपस्थित भयो ्र माताले सर्वप्रथम त्यसको रथका घोडाहरुलाई वाँणले प्रहार गर्नुभयो । त्यसपछि सारथिको वध गर्नुभयो ्र मात्रीशाक्तिले दुइवटा वाणहरु उसका दुइ नेत्रमा तीव्र प्रहार गरेर दृष्टि विहिन बनाइदिनु भयो । अनि त्यसका दुवै हातहरु काटीदिनुभयो ्र र अन्तमा दुर्गमको छातीमामा वाँण प्रहार गरेर प्राणहीन बनाइदिनु भयो । यसरी दुष्ट दुर्गमको वध गर्नुभएको हुनाले माताको नाम दूर्गा रहन गयो, अनि मात्र सबैले शान्तिको साँस फेरे, पुनः पानी र भोजन प्राप्त गरे । अनि चारवटै वेदहरू र मन्त्रहरु सबै माताले पुनः मानवलाई फर्काइदिनुभयो ।

यसप्रकार संसारमा फेरि जीवनको संचार भयो । मानवजातिको पुनरुत्थान भयो, संसारमा पुन वेद–मन्त्र आदि ज्ञानको सम्प्रेषण भयो, मानवजाति उपर यति महान कृपा दृष्टि दिनुभयो, त्यसका साथ साथै माताले मानवजातिलाई पुन ज्ञान प्राप्त गर्ने अवसर दिनुभयो, भयो । यस्ती पराम्बा अम्बिकालाई शतशत नमन !

प्रतिक्रिया

प्रतिक्रिया