बाँकेमा बजार अनुगमन, बजारमा कैफियतै-कैफियत

अनुचित ब्यापारिक क्रियाकलाप गर्नेलाई ५० हजार जरिवाना, कर्णाली पठाउन लागेको मासु ढुवानीमा रोक

चाडवाड नजिकिएसंगै बाँकेमा बजार अनुगमनको कार्यलाई तिब्र पारिएको छ ।

यस क्रममा अनुगमन समितिले अनुचित ब्यापारिक क्रियाकलाप गर्ने एक व्यवसायीलाई ५० हजार जरिवाना गरिएको छ भने म्याद नाघेका र लेवल नभएका बस्तु जफत गरेको छ । यस्तै ढुवानी मापदण्ड बिपरित रक्सीको कार्टुनमा कर्णाली पठाउन लागीएको ढुवानीमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कार्यालय बाँकेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले ललिता भण्डारी योगीले नाममा रहेको ब्राईट किराना पसललाई म्याद गुज्रने मिति आफैले केरमेट गरि मिति बढाएको लगायतका कैफियत भेटीए पछि कारवाही गरेको जनाएको छ ।

उक्त पसल बाँके स्थित नेपालगंज उद्योग ब्यापारसंघ अन्तरगतको एक बस्तुगत समितिका अध्यक्षकै रहेको बुझिएको छ । उक्त पसलमा कैफियत भेटिए पछि अनुगमन समितिले तत्काल रु ५० हजार जरिवाना गरेको हो । निरिक्षण अधिकृत एवं बाँकेका सहायत प्रमुख जिल्ला अधिकारी हरि शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल जरिवाना गर्ने आदेश दिएका थिए ।

बाँकेमा म्याद गुज्रेका, लेवल नभएका सामानहरु बिक्रि बितरण हुने समस्या पुरानै हो । अनुगमनका क्रममा उपभोग्य मिति आफैले बढाउने समस्या पनि देखिन थालेको छ । दतै बिना पसल संचालन गर्ने, मापदण्ड परा नगर्ने ब्यवशायमा देखिएका परम्परागत समस्या भएको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता बसन्त गौतम बताउछन् ।

जिल्ला प्रशासनमा नेतृत्व गरेको अनुगमन टोलीले बुधवार र बिहिवार गरेको अनुगमनबाट बजारमा अनुचित ब्यापारिक क्रियाकलाप भैरहेको देखाएको जनाएको छ ।

अनुगमन टोलीले ब्राईट किराना पसललाई तत्काल तत्काल रु ५० हजार जरिवाना तोकेको छ । उक्त पसलमा बिक्रिका लागी राखिएका म्याद नाघेका ४ हजार हजार छ सय १२ रुयिया मुल्य बरावरका म्याद नाघेका खाद्य बस्तु जफत गरि नष्ट गरि दिएको अनुगमन समितिले जनाएको छ ।

मासु खान योग्य छ भनी भेटेनरी चेक गराएर ढुवानी मापदण्ड पुरा गरि अन्यत्र पठाउनु पर्नेमा रक्सीको पेटीमा राखेर हुम्ला पठाउन लागेको झण्डै २० केजी मासु पठाउन रोक लगाईएको छ ।

अनुगमन टोलीले ब्यवशाय दर्ताको नविकरण नगरि कर छली गरि राझा बजारमा संचालित २ वटा मासु पसल बन्द गराएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत दत्तराज हमालले जानकारी दिए । अनुगमन टोलीले ति ब्यवशायीलाई मापदण्ड पुराएर मात्र पसल संचालन गर्न निर्देशन दिएको जनाएको छ ।

जिम्मेवार ब्यवशायीबाटै म्याद नाघेका र लेवर बिनाका सामान पनि बिक्रि हुने कुरा गंभिर भएको उपभोक्ता अधिकारकर्मी बसन्त गौतम बताउछन् । बजार अनुगमनबाट म्याद गुर्जिएका सामाग्रीहरुलाई एक्सपाएर जोनमा नराखी बिक्रि गर्ने स्थानमै राख्ने गरेको पाईएको छ ।

लेवल बिवरण उल्लेख नभएका खाद्य सामाग्री बेच्न राखिएको तथा एक खाद्य बस्तुको लेवललाई केरमेट गरि अन्य खाद्य बस्तु प्याक गरि बिक्रि बितरण भैरको पाईएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजमा खाद्य निरिक्षक अधिकृत ज्योती आचार्यले जानकारी दिए ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयबाट लिईने खाद्य पदार्थ बिक्रि गर्न लिईने लाईसेन्स अनुज्ञापत्र नलिईकनै खाद्य पदार्थ बिक्रि बितरण भैरहेको र लेवुलमा अनुज्ञापत्र नम्बर नलेखेर सामान बेचेको पाईएको आचार्यले बताए ।

लापरवाही तरिकाबाट अनुधिकृत तवरबाट मासु प्रदेश बाहिर जाने गरेको, नियमनकारी निकायलाई छक्याई, दर्ता नविकरण फेल भएका मासु पसलहरुले अबैध तरिकाले मासु पसलहरुले अबैध तरिकाले मासु कर्णाली प्रदेशका जिल्लामा पठाउने गरेको पाईएको अनुगमन समितिले जनाएको छ ।

बजारअनुगमन कैफियत देखिएका केही मासु पसलहरुको कारोवार रोक्का राखिएको,सस्कास्पद खाद्य पदार्थको नमुना संकलन तथा कैफियतको प्रकृती हेरी ५० हजारसम्म जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायत प्रमुख जिल्ला अधिकारी एवं निरिक्षक अधिकृत हरि शर्माले जानकारी दिए ।

बिषयत अनुगमन टोलीले गहन रुपले बजारको अनुगमन गर्ने, कमीकमजोरीका पाटाहरु टाउने, उपभोक्ता सचेतना बढाउने, अटेरी गनेर्, नियम बिपरित अनुचित ब्यापारिक क्रियाकलाप गर्ने उपर कानूनी कारवाही गरिने बाँकेका सहायक प्रजिअ शर्माले बताए ।

उपभोक्ता सचेतना फैलाउदै स्वच्छ बजार र अनुचित ब्यापारिक क्रियाकलाप नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागी निरन्तर बजार अनुगमन गरिने र कानून बिपरित अनुचित ब्यापारिक क्रियाकलाप गर्नेलाई कानूनी कारवाही शर्माले बताए ।

बिषयत संयुक्त बजार अनुगमनमा अनुगमन जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत दत्तराज हमाल, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतम, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डाक्टर रुपेन्द्र कुमार वली, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमिक्त कार्यालय प्रमुख देवीलाल चौलागाई, सोहि कार्यालयका नासु डम्मर बुढा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कायालय नेपालगंजमा खाद्य निरिक्षक ज्योती आचार्य, गुणस्तर तथा नापतौल कार्यालयका युवराज अधिकारी, नेपालगंज उपमहानगरपालिका अधिकृत प्रबिन राना र सोही कार्यालयका अच्युत गौतम लगायतको सहभागिता रहको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया