साइक्लिष्टले नेपालगन्जमा मनाए मुटु दिवस

बिश्व मुटु दिवसको अवसर पारेर साइक्लिष्टले विहीवार नेपालगन्जमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालगन्ज साइक्लिङ क्लबले साइकल र्याली सहित फोक्सो मुटु तथा सुगर / प्रेसर लगायत चेकजाँच गरि मनाएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए।

निरोगधाम प्याथलोजी, क्रीयटिभ गन्ज र नेपालगन्ज बाइसाइकल्स प्रालि सङ्गको सहकार्यमा आयोजित कार्यक्रममा ६० जना साइकलेहरुको सहभागिता रहेको र नेपालगन्ज उपमहानगरको मुलगेटबाट शुरु भएको साइकल र्याली बिपिचौक, धम्बोजी, पुस्पलाल चौक, बसपार्क हुँदै कान्तितालको परिक्रमा गरि हडियाबाबा रोड, चारबाहिनी, गणेशमान चौक हुँदै औधोगिक क्षेत्र अगाडि रहेको निरोगधाम प्याथोलोजिमा पुगेर र्यली समापन गरि सहभागीहरु स्वास्थ्य परिक्षण गरिएको अध्यक्ष निरौलाले जानकारी दिए ।

कार्यक्रम पर्या पर्यटन मंच बाकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आथिथ्यता तथा नेपालगन्ज मेडिकल कलेज का एमडी डाक्टर सुरेश कुमार कनोडिया को बिशेष आथिथ्यता मा गरिएको र कार्यक्रममा नेपालगन्ज उपमहानगरका पुर्व वडा अध्यक्ष सुनिल सिह हमाल, कृयटिभ गन्जका सौगात बिक्रम शाह, लगायत को आथिथ्यता रहेको क्लब का सचिव प्रदीप सापकोटाले जानकारी दिए ।

नेपालगन्ज मा साइकल अभियानमा सक्रिय नेपालगन्ज साइक्लिङ क्लबले साइकल अभियान सहित विभिन्न सामाजिक गतिविधिमा समेत सकृय रहेकोे छ, २०७४ मा गठन भएको क्लबले स्थापना कै छोटो समयमा नै टुर डे ठाकुरद्वार, मेयरकप साइकल दौड प्रतियोगिता , कोरा लगायतका कार्यक्रम लाई नियमित रूपमा गर्दै आएको क्लबका सचिव सापकोटाले बताए।

प्रतिक्रिया

प्रतिक्रिया