बाँकेमा समाजवादीलाई एक सिट, जिएमलाई अगाडि सारियो

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले एक सिटमा चुनाव लड्ने भएको छ । सत्ता गठबन्धनको तर्फका बाँकेमा प्रदेशसभा क्षेत्र नं. ३ क समाजवादीको उम्मेदवार बनाउने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धन बीच सिटको बाँडफाँड करिब अन्तिममा पुगेको छ । संघीय निर्वाचन क्षेत्र नं. १ माओवादी, २ जसपा, ३ नेपाली काँग्रेसको भागमा करिब टुंगो लागेको बताइन्छ ।

क्षेत्र नं. ३ प्रदेश क मा समाजवादीको भागमा पर्ने निश्चित जस्तै भएपछि दिपक जिएमलाई अगाडि सारिएको छ ।
क्षेत्र नं. ३ को संघ काँग्रेसको भागमा परेकाले राम्रो प्रभाव रहेको समाजवादी र माओवादीलाई पनि मिलाएर लग्नु पर्ने हुनाले ३ को प्रदेश क बाट समाजवादीका दिपक जिएमलाई अगाडि सारिएको हो ।

क्षेत्र नं. ३ संघ तर्फ पूर्व राज्यमन्त्री समेत रहेका समाजवादीका केन्द्रीय नेता दलबहादुर सुनारले दाबी गरेका छन् । तर, समाजवादीको भागमा संघ नपर्ने भएपछि प्रदेश तर्फ सिट दिने निश्चित भएको समाजवादीका नेता बताउँछन् ।

समाजवादी युवा संघका महासचिव समेत रहेका पार्टीका बाँके सचिव दिपक जिएमले प्रदेशतर्फ दाबी गरेको हुनाले उनी नै उम्मेदवार हुने सम्भावना बढेको हो । जिएम २०७४ को आम निर्वाचनमा पनि तत्कालीन नेकपा एमालेबाट त्यही प्रदेशको लागि सिफारिस भएका थिए । तर गठवन्धनका कारण उनले टिकट नपाइ माओवादी केन्द्रका आइपी खरेलले पाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया