दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह बढेर ‘साइरन’ बजेको छ । नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतराको घण्टी ‘साइरन’ बजेको हो ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, शनिबार बिहान सवा ९ बजेतिर २० मिनेटको रेकर्ड अनुसार कुसुममा नदीको सतह ६.१३ मिटर पुगेको थियो । उनले पहाडी जिल्ला रोल्पा, प्युठानमा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको जानकारी दिए ।
शनिवारनै उक्त सतह ९ बजेर ४० मिनेटमा ६.२२ मिटरमा पुगेपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक सूचना जारी गरि राप्ती तटिय वस्तीलाई ‘हाइ अलर्ट’ गराएको थियो ।
राप्ती तटिय क्षेत्र र डुबान भइरहने होचो भुभागमा बस्ने सर्बसाधारणले सर्तकता अपाउन उनले आग्रह गरेका छन् । कुसुमबाट करिव ५ घण्टाको अन्तरमा राप्तीको तल्लो तटिय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ ।
भारतले अन्तर्राष्ट्रिय कानुन विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठुलो बाढी आउने वित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन् । बाढीका कारण हजारौं विघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ ।
‘हाइ अलर्ट’ का लागि सार्वजनिक सूचना जारी गरेको जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले राप्ती तटिय वस्तीलाई सचेत गराउँदै कुनै पनि बहानामा नदी छेउ नजान अपील गरेका छन् ।
‘हाइ अलर्ट’ का लागि सार्वजनिक सूचना जारी गरेको जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले राप्ती तटिय वस्तीलाई सचेत गराउँदै कुनै पनि बहानामा नदी छेउ नजान अपील गरेका छन् ।
‘बिहान अलिक चिन्तितनै बनायो,’ प्रजिअ खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘बिस्तारै पानीको सतह घट्दै गएपनि चिन्ता पनि कम हुँदै गयो ।’ कुनै अप्रीय अवस्था जिल्लामा नरहेको प्रजिअ खत्रीले प्रष्ट पारेका छन् । ‘यद्धपि सावधानी जरुरी छ,’ उनले भने ।