नरैनापुर ‘संकटग्रस्त’

जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश तथा संघीय सरकारलाई सिफारिस गरेको छ ।

समितिको बैठकले यसअघि गाउँपालिकाले पालिकामा १५ प्रतिशत मात्रै रोपाई भएको जानकारी सहित राहतका लागि प्रशासनसँग पहल गर्न पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउनका लागि प्रदेश र संघलाई सिफारिस गरेको हो ।

समितिले प्रयाप्त सिचाई, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिएका छन् ।

बैठकले खजुरामा स्थापना गरिने प्राविधिक विश्वविद्यालयका लागि सरकारी जग्गाका सम्बन्धमा पनि प्रकोप तथा व्यवस्थापनका लागि आवश्यक नपर्ने निर्णय गर्दै सोही अनुसार सिफारिसको निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया