अब गठबन्धन होइन, तालमेलः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी आसन्न निर्वाचनमा आधारभूतरुपमा कसैसंग पनि गठबन्धन नगर्ने बताएका छन् ।


तीन दशकदेखिको ‘कु–शासन’विरुद्ध आफ्नो दल प्रस्तुत हुने तर्क गरिरहेका अध्यक्ष लिङ्देनले सोमवार नेपालगन्जका पत्रकारहरुसंग भने, ‘पार्टीले आवश्यकता अनुसार जिल्ला तहमा तालमेल गरेर जानसक्छ, अहिलेसम्म त्यस्तो कुनै स्पष्ट चित्र बनिसकेको भने छैन ।’

राष्ट्रियताका सवालमा नेकपा एमाले राप्रपासंग नजिक देखिएको धारणा राखेका अध्यक्ष लिङ्देनले नेपालगन्जमा महामन्त्री डा. धवल शम्शेर राणा, चितवनमा बिक्रम पाण्डे र आफु उम्मेदवारी दिने निर्वाचन क्षेत्रलाई सुरक्षित गर्न तालमेलको प्रष्ट सन्देश दिए ।


आइतवारमात्रै संसद रोष्टमबाट राजीनामा घोषणा गरेका अध्यक्ष लिङ्देनले सांसद हुँ भन्ने लाज लाग्न थालेपछि त्यसो गर्नु परेको प्रष्टिकरण दिए ।

‘मंसिर गते ४ पछि पनि संसद कायम राख्ने गरी ऐन संशोधनको प्रस्ताव ल्याइयो, यो अति नै भयो, सांसद हुँ भन्न पनि लाज लाग्यो, त्यसैभएर संसदमै गएर राजीनामा घोषणा गरेको हुँ ।’‘यो घोर अनैतिक काम हो, राष्ट्रिय प्रजातन्त्र पार्टी यस्ता अनैतिक काममा सामेल हुन सक्दैन,’ उनले पत्रकारहरुसँग भने ।


अध्यक्ष लिङ्देनले बैदेशिक हस्तक्षेप अस्वभाविक ढंगले बढेको भन्दै नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न लागि आफ्नो पार्टी दृढ संकल्पित रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया