निर्वाचनमा सकेसम्म एक्लैः नारायणप्रसाद गौडेल

पत्रकार सम्मेलननै गरेर नेपाली कांग्रेस बाँकेले दियो, जिल्लामा गठबन्धन नगर्न दबाबमूलक सन्देश

मंसिर ४ को आसन्न निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अगाडि बढेका नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सकेसम्म बाँकेमा गठबन्धन नगर्नुनै आफ्नो पार्टीको हितमा हुने धारणा सार्वजनिक गरेका छन् ।

शुक्रवार नेपाली कांग्रेस बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा जिल्ला सभापति गौडेलेले नेपाली कांग्रेस बाँके एक्लै निर्वाचनमा जान सक्षम रहेको भन्दै गठबन्धन आवश्यकनै नभएको बताए । बाँकेमा एक्लै चुनाव लड्ने सन्देश केन्द्रीय नेतृत्वलाई दिइसकेको गौडेलको भनाइ छ ।

‘हामी एक्लै चुनाव लड्न सक्षम छौं भने किन गठबन्धन गरिरहनु ? सभापति गौडेलले पत्रकारहरुसँग प्रष्टसँग भने, ‘संघका ३ र प्रदेशका ६ निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै जीत हासिल गर्न सक्ने अवस्थामा छ ।’ तर पार्टी केन्द्रले दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेमा कार्यान्वयनका लागि प्रतिबद्ध हुने उनको भनाइ छ । सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्ध अभूतपूर्व रहेको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रमेश्वरी पाठक, तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोदकुमार थारु, प्रवक्ता डिल्ली गिरी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायत सहभागी थिए ।

‘अब नियमित यसरीनै पत्रकारसँग हाम्रा धारणाहरु सार्वजनिक गरिंदै जाने पार्टी नीति बनाएको छु,’ सभापति गौडेलले
दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया