त्रिभुवन विश्व विद्यालय सह–परीक्षा नियन्त्रकमा पुनः गौतम

त्रिभुवन विश्व विद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा सुमन गौतम पुनः सह परीक्षा नियन्त्रक पदमा नियुक्त भएका छन् ।

सह–परीक्षा नियन्त्रक पदमा पुनः नियुक्त भएपछि कार्यभार सम्हाल्दै सुमन गौतम, नेपालगन्जस्थित त्रिभुवन विश्व विद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा


दुई वर्षे सफल कार्यकाल पुरा गरेको भोलिपल्टनै त्रिभुवन बिश्वबिद्यालय कार्यकारी परीषद्को मंगलवार बसेको बैठकले बुधवारदेखि लागुहने गरि थप दुई वर्षका लागि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जको प्रमुखमा नियुक्त गरेको हो ।


पहिलो कार्यकालको कार्यक्षमता र दक्षताका आधारमा उच्च मुल्यांकन गर्दै गौतमलाई क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा सह–परीक्षा नियन्त्रक पदमा पुनः नियुक्ति गरिएको बताइएको छ । गौतमले आफ्नो कार्यकालमा क्षेत्रको परीक्षा मर्यादित र अनुशासित कायम बनाउन सबै परीक्षा केन्द्रहरुमा सीसी क्यामेराहरु जडान गर्न लागाइ त्यस मार्फत र आवश्यक ठाउमा अप्रत्याशित रुपमा आफै पुगेर परीक्षा अनुगमन गर्ने गरेको बताए ।


‘क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको भौतिक सुधारमात्रै गरिएको छैन, बिद्यार्थी तथा अभिभावक देखि क्याम्पसरुलाईसमेत सक्दो सुलभ र छिटो सेवा दिइएको छ,’ सह–परीक्षा नियन्त्रकमा पुनः नियुक्त भएपछि गौतमले दैनिक नेपालगन्जसँग भने, ‘कार्यालयको आफ्नो भवन निर्माण प्रक्रिया समेत अघि बढाइसकेकाले त्यसलाई पूर्णता दिएर अबको कार्यकालमा परीक्षामा आमुल सुधार ल्याउनेतर्फ कसरत थालेको छु ।’

प्रतिक्रिया

प्रतिक्रिया