घुस खाएको प्रमाण ल्याए कर्मचारीलाई कारबाही

व्यवसायी पक्राउ परे, तर कर्मचारीको तर्फको गुनासोको सम्बन्धमा के भैरहेको छ ?

नेपालगन्ज उद्योग वाणिज्य संघको डेलिगेशन आएको छ । उहाँहरुले भनेका कुरा साँच्चै हो कि काल्पनिक हो, साँच्चै हो भने प्रमाण ल्याउनुस् कारवाही गर्छु भनेको छु । साँच्चै हो भने कर्मचारीको संरक्षण म किन गर्छु ?

व्यवसायीहरु सँग मैले अहिलेसम्म कुनै नराम्रो व्यवहार गरेको छैन । गर्वका साथ कुरा गर्न सक्छु । कर्मचारीले बदमासी गरे मैले किन छाड्छु, कुन कर्मचारीले कहाँ बदमासी गरेको छ, प्रमाण ल्याउनुस् म कारवाही गर्छु ।

व्यवसायीले मुखले भनेर मात्रै हुँदैन । त्यसको प्रमाणित पनि गर्नुपर्छ । कानुन विपरित कामकारवाही गर्ने व्यवसायीलाई छाड्दैनौं, कर्मचारीलाई पनि छाड्दैनौं ।

राजश्व अनुसन्धान विभागले चासो राखेको हो ?

विभागले आफ्नो चासो राख्छ नै । अनुसन्धान विभाग करछली, तस्करी, गैर कानुनी व्यवसाय, राजश्व अनुसन्धान गर्ने ठाउँ हो । त्यही ठाउँका मानिसहरुलाई काम गर्न नदिने, छापा मार्न नदिएपछि विभागको स्वतः ध्यानाकर्षण हुन्छ ।

पक्राउ परेकालाई के कारबाही हुन्छ ?

ठहरे बमोजिम कानुनी कारबाही हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया