कांग्रेस लुम्बिनीः गठबन्धन गर्ने निर्णय

मणि गैरे

नेपाली काग्रेंस लुम्विनी प्रदेश समितिको बैठक बुटवलमा भएको बैठकले आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनको आवश्यकतालाई अनुमोदन गरेको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा तथा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि लक्षित गरि प्रदेश सभापति अमर सिंह पुनको अध्यक्षतामा भएको बैठकले आधारसहितको गठबन्धनलाई जोड दिएको हो ।

‘स्थानीय तह निर्वाचनको मतभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरेको छ,’ पार्टीका प्रदेश सभापति पुनले दैनिक नेपालगन्जसँग भने ।

केन्द्रिय समिकरण अनुसार गठवन्धनको अवस्था पक्ता लगाउनको लागि निर्वाचन क्षेत्रमै पुगेर अवस्थाको विश्लेषण गरि निचोड निकाल्न कामको सूरुवात भएको समेत बैठकको निष्कर्ष रहेको पुनको भनाइ छ ।

पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघीयताको सवलिकरण, स्थानीय शासन प्रणाली र जनता–स्थानीय सरकार र कांग्रेस विचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागी कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय भएको प्रदेश सभापति पुनले बताए ।

नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गरि पार्टीको स्थलगत रिपोर्टिंगको लागि लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय भएको प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले जानकारी दिए । त्यस्तै स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले अपेक्षाकृत नतिजा प्राप्त गरेको निष्कर्ष निकालेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया