डा. भण्डारीलाई ‘तुलसीराम स्मृति पुरस्कार’

यसवर्षको तुलसीराम स्मृति पुरस्कार बाँके खजुराका साहित्यकार डा. इन्द्र भण्डारीलाई प्रदान गरिएको छ ।

कोहलपुरमा शनिवार आयोजिक कार्यक्रममा स्व. तुलसीराम ढकालको स्मृतिमा राखिएको अक्षयकोषबाट वर्षेनी प्रदान गरिंदै आएको पुरस्कार यसवर्ष डा. भण्डारीलाई प्र्दान गरिएको हो । युवा श्रष्टा सागर गैरेले डा. भण्डारीका व्यक्तित्व र कृतित्वबारे परिचय गराएका थिए ।


‘‘स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हाम्रो पूर्णिमा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सात हजार सात सय सतहत्तर रुपैया नगद र कदर पत्र सहित वरिष्ठ साहित्यकार सनत रेग्मी र अक्षयकोषका संरक्षक पबित्रा ढकालले डा. भण्डारीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । स्व. तुलसीराम ढकालको स्मृतिमा छोरा सुर्य ढकाल र महानन्द ढकालले आमाको संरक्षकत्वमा कोष स्थापना गरेका हुन् ।


बाँकेसहित दाङ, सुर्खेत र बर्दियाका तीनसय बढी साहित्यानुरागी सहभागी कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको थियो भने सचिव पुष्कर रिजालले सहजीकरण गरेका थिए ।

विमोचनसँगै महानन्दको उपन्यास ‘बुह्रान’को परिचर्चा

प्रतिक्रिया

प्रतिक्रिया