नागरिकता एक परिचय
नागरिकता विधेयक नेपाली साम्सदको तल्लो र माथिल्लो सदनले पास गरि कानुन बनाए पछी नेपाल कम्मुनिस्ट पार्टीको सांसद गंगा चौधरीकोरोएको र यो नागरिकताको बिरोध गरेको भिडियोटिकटोक र अन्य सोसल मिडियामाभाइरल भै रहेको छ तथापि त्यो नागरिकता विधेयकले यस्तो के नराम्रो गर्यो वा समय साक्षेप नै त्यो विधेयक पास भएको हो यसबारे सर्बसाधारणनेपालीकोबुझाई र आक्रोश सडक र सदनमा खासै देखिएन । बरु अर्थमन्त्री जनार्दन शर्माको अर्थमन्त्रालयको सी सी टि भी फुटेज हराएको, राजीनामा पछी फेरी अर्थमन्त्रीको पद पाएको कुरा नेपाली मीडियामाचर्चामा रह्यो।उता टिकटकमा भेलु बाजे भन्नेको ‘हत्तेरिका माटोक्ने….. बिल्कुल‘ रएक जना भाइको ‘सागर, किस्ने, बसन्ते तेरो दाइ मिदी भै सक्यो नडरा‘ भन्ने भिडियोले बढी चर्चा पायो।
नागरिकता भनेको एउटा मान्छे उ बसेको देशको(राष्ट्र) बासिन्दा भएको आधिकारिक परिचय हो ।अलिप्रस्टसंग भन्नु पर्दा संसारमा २०० भन्दा बढी देशहरु छन् त्यस मध्ये उसको देश कुन हो? राष्ट्र कुन भन्ने परिचय पत्र नै नागरिकता हो।अझ बुझ्नको लागि कानुनि रुपमाएउटा मान्छे कुन राष्ट्रको कानुनन नागरिक हो भनेर बुझाउने , कानुनन काम कारवाही गर्ने आधार पत्र नै नागरिकता हो ।कतै कतै संसारमा दुइ देशको नागरिकता लिएको मान्छेहरु होलान , तर संसारको सबै जसो देशमा कुनै पनि मानवको नागरिकता एक देशमा मात्र हुने गर्छ ।विश्वब्यपिकरणको प्रभावमा हाल दक्ष , अर्ध दक्ष , शिक्षित, धनि, ब्यापारी, बैज्ञानिक, खेलाडी, कलाकार, बिधार्थीर मजदुरहरु एक देशबाट अर्को देशमा राम्रो पारिवारिक लाइफ , करियर भन्दै बसाइ सराइ गरेको पाइन्छ।त्यसरी जाँदा उ मान्छेको नागरिकता र राष्ट्रिय परिचयको कुरामा कुनै पनि देश निकै गम्भीर भएको हुन्छ।
नागरिकताकोलेबल
क्यानाडा, अस्ट्रेलिया, पोर्तुगल, रुस जस्ता देशकोकुल ग्राहस्थ्य उत्पादन‘जी डी पी ‘( Gross Domestic Product ) र प्रति व्यक्ति आय (Per Capita Income)बढाउन लागि दक्ष्य कामदारलाइ(Skill Worker) लाइ ( PermanentResidence ) स्थायी बसोबास दिने राष्ट्रको नीतिमा उल्लेख छ र त्यहाँ बसेको एक निश्चित अवधि पछि नागरिकता वा आधार कार्ड , राष्ट्र कार्ड दिने कानुन छ। त्यहाँ नागरिकताको प्रकार छ, ए क्लास नागरिकता , बि क्लास नागरिकता र सी क्लास ;त्यसैविश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले बर्सेनि ग्रीन कार्ड भन्दै पचास हजार अप्रवासी (गैर अमेरिकन ) लाइ यस्तै सी क्लासको नागरिकता दिने गरेको छ । छिमेकी देश भारतमा पनि राशन कार्ड , आधार कार्ड , पासपोर्टमा नागरिकता सम्बन्धि फरक फरक ब्याख्या गरेको छ । अझ भन्ने हो भन्ने त्यहाँकोएक राज्य सरकारको आधार कार्ड र अर्को राज्य सरकारको आधार कार्डको आ-आफ्नै विशेषता र अधिकार छ । करिब ३ बर्ष अघि नागरिकता बिधेयेक भारतमा पास हुँदा दिल्ली, पश्चिम बङ्गाल, आसाम र बिशेष गरि कश्मिर मा केहि भारतीय नागरिकको ज्यान गएको थियो । अझ अविस्मरणीय कुरा करिब१० बर्ष अघि भारतमाभारतीय कांग्रेसबहुमत प्राप्त गरि प्रधान मंत्रीमा सोनिया गान्धीको नाम सिफारिस गर्दा भारतीय जनता पार्टी र अन्य दलले सोनिया गान्धी माथि नागरिकता र रास्ट्रियताको बिषय उठायर संसद र सडकमा हड्ताल गरे पछी बाध्यता बस मनमोहन सिंह लाइ प्रधान मंत्री बनाइएको थियो।सोनियागान्धीजन्मिदा इटालीको नागरिक र पुर्ब प्रधान मंत्री स्व. राजीब गान्धीसंग बिहे पश्चात अंगिकृत नागरिक प्राप्त गरेकी महिला थिइन् । यहि राष्ट्रियता, धर्म र जातिबादको मुद्दाले भारतमाभारतीय जनता पार्टीलाइ बहुमत प्राप्त गर्न सजिलो भएको पनि केहि राजनीति विश्लेषकहरुकोधारणा छ ।
आखिरनागरिकतामा त्यस्तो के हुन्छ जसले गर्दा हिँसाभारतमा भयो रभारत लगायत अमेरिका, क्यानाडा, अस्ट्रेलिया, रुस लगायत विश्वका सबै जसो देशमा नागरिकताको बर्गीकरणरहेको छ र अरब(Gulf) देशमा त झन गैर गल्फका नागरिकलाइ नागरिकता पाउन फलामको चिउरा नै चपाउनु पर्छ । यता नेपालमा भने नागरिकताबिधेयक भन्दा टिकटकको कलाकार भेलु बाजे , सागर-किस्ने-बसन्ते अनि मन्त्रिको अर्को श्रीमान संगको काण्ड अथवा पल शाह र समिक्ष्या अधिकारीको काण्डको चर्चा बढी झैँ देखिन्छ। के बहुसंख्यकनेपालीलाइनेपालको नागरिकतासंग कुनै लेन देन छैन? अथवा सरकार चलाउने संग विश्वास नैछैन वा नेपाल देश संग नै कुनै लगाव छैन ?
राष्ट्र र राष्ट्रियता :
ग्रेट ब्रिटेनको उदय हुनु अघि बेलायतको तत्कालिन राज्यहरु स्कटल्याण्ड , इंगल्याण्ड, वेल्सबीचथुप्रै लडाई भयो अनि उनिहरुको बीच अन्ततः आपसमा लडेर बिलय हुनु भन्दा मिलेर अन्य कमजोर राष्ट्रलाइ कब्जा गरि त्यहाको स्रोत र साधन माथि कब्जाजमाउ र राज गरौभन्ने राष्ट्रको नीति बन्यो, पार्लियामेन्टको अविस्कार भयो । राष्ट्रियताको परिभाषा र त्यसको एकता(National Unity)को कुरा आयो, सबैको एक भाषा , धर्म, संस्कृतिको कुरा आयो । इस्ट इंडिया कम्पनीको उदय र कुन कुन स साना, कमजोर देश जिते पछी त्यहाँको राज्य संचालक कसले चलाउने ( इंगल्याण्ड, स्कटल्याण्ड, वेल्स मध्ये को कुनै एक शासन) भन्ने नीति नियम बन्यो । राष्ट्र बिशाल र ठुलो हुँदै गए पछी राज्य , प्रदेश, गभर्नर, मुख्य प्रशासक, राष्ट्रियगान , पहिरनबाट राष्ट्रियता जोड्ने काम भयो , जसको फल स्वरूप राष्ट्रियतामा त्यो देशकोदल र पार्टीको लगाव, माया, सकारात्मक सोच रहन्छ भन्ने चलन चल्यो।
फलस्वरूप राष्ट्र भन्ने बित्तिकै राष्ट्रियता एकदम गहन बिषय भयो, राष्ट्र र राष्ट्रियतामा नागरिकको भावना(feeling) जोडिएकोपाइन्छ।जसले के दर्शाउछ भने कुनै एक राष्ट्रको प्रमुखमा (राजा, सेनापनि, प्रधानमंत्री, राष्ट्र पति ) जनतालेआफ्नो प्रतिनिधित्व देख्छ। राष्ट्रको नीतिमा त्योराष्ट्रको जनताको पनि आफ्नो बिचार र नीतिको अनुभूति गरिन्छ र त्यहाँको सस्कृति , भाषा, भाष भुषा , पहिरन, सामाजिक रिति रिवाजमा आफ्नो प्रतिबिम्ब नजर आउछ तर त्यो राष्ट्र वा देश बिस्तार हुँदै अलि ठुलो भो रएतिहासिक पृष्टभूमि , वा धेरै बर्षको भौगोलिक दुरिले फरक सामाजिक रितिरिवाज विकास हुन गयो भने त्यो बिशाल राष्ट्रमा अन्य राज्य बन्दैजान्छ अनि आ-आफ्नो राज्यमा केहि फरक फरक रिति रिवाज र कानुनमा फरक रहन्छ। यसैमा राष्ट्र प्रमुखबाटत्यो देशको आगामी पुस्ताको प्रितिबिम्म अघिल्लो पुस्ताले नया पुस्ता लाइ स्थान्तरणगर्दै एक समृद्द राष्ट्र बन्छ भन्ने ग्रेट ब्रिटेनको नीति र साम्राज्यवादी नीति थियो।
पुस्तान्तरणर हस्तान्तरण
व्यक्तिजन्मे देखि नमरुन्जेल एक संघर्ष गर्छ । कामयाबीको लागि निकै प्रयास गर्छ , पढ़छ, सिक्छ, धन, ज्ञान , यश, कृति प्राप्त गर्न चाहन्छ। अझ भनौ एक शासक बर्ग वा सफल मानिसको आधारभूत चाहना र आकांक्षा नै यहि रहन्छ। तर जब एक बृद्द अवस्था वा अशक्त अवस्था पुग्छ उ आफु र समाजलाइमहसुस गर्ने अनिसल्लाह दिने , सिकाउनेहुन् चाहन्छ।अब त्यो अघिल्लो पुस्तालेआफ्नो बंश र समाजको सफल नया पुस्तालाइ आफ्नो मान सम्मान पुस्तान्तरण र हस्तान्तरण गर्न चाहन्छ । यो धुर्ब सत्य हो यहि कुरालाइ कार्ल माक्सलेआफ्नो दास क्यापिटालिज्म(DasCapitalism) मा तानाशाही रपुंजिबादकोदासत्वबादभनेर मार्क्सबाद र साम्यवादकोराष्ट्रकोपरिकल्पना गरेर मानिस सबै समान हुन भनेता पनि अन्ततः सबै कम्युनिष्ट राष्ट्रमाकम्युनिष्ट नेताले गरेका पनि अन्ततः यहि पुंजिबाद र तानाशाही रुपान्तरित सरकार चलाएकोपाइन्छ।संसार कै १ न. कम्मुनिष्ट देश उत्तर कोरियाको राष्ट्र प्रमुख नि पुर्बकम्युनिष्ट नेता राष्ट्र प्रमुखकोछोराहो. राजतंत्रमा नि राजा कै जेष्ठ छोराले शासनको बागडोर सम्हाल्नु नि यहि हो ।
वाधीरुभाइ आम्बानीको छोराहरुले बाबु पछीको शेष प्राप्त गर्नु नि यहि हो। अब लोकतान्रिक प्रणालीको देशमा नया नेता चुन्ने कुरा होस वा राष्ट्र प्रमुख त्यसको लागि चुनाव गरेर आम नागरिक बाट छान्नु पर्ने हुन्छ तर जो नागरिकलाइ त्यो देशको इतिहास, पृष्ठभूमि, धर्म, समाज र संस्कृति केहि नि थाह हुन्न त्यो व्यक्तिलाइ कसरि हस्तान्तरणदिने भन्ने कुराको सिधै सम्बन्ध नागरिकता संग गासिएको छ।
नेपालको नागरिकता,नागरिकताकोक्षेत्र रग्लोबलाइजेसन
हाल संसारका सबै जसो देशमा नागरिकताको प्रकार र अधिकार क्षेत्रको कुरा प्रष्ट छ।नेपालमा भने त्यति प्रष्ट छैन।राष्ट्र प्रमुख र कार्यकारी प्रमुखमा भने कस्तो प्रकारको नागरिकले उक्त पद पाउने भनेर नागरिकताको प्रकार र जिम्मेवारी , क्षेत्र बारे संबिधानमा उल्लेख छ। सर्वसाधारणमा र नेतामा अहिले नागरिकताको त्रास भनेकै हालनेपालमा पनि बंशज र अंगिकृत भन्ने दुइ प्रकारको नागरिकता नेपालको संबिधानले दियको छ।तर ति दुबैको क्षेत्र अधिकार सम्बन्धि अन्य देशमा झैँ लाइन बाइ लाइन ब्याख्या गरिएको छैन।उदाहरणको लागि भारतमा अंगिकृत नागरिकता, जन्म सिद्द नागरिकताले रक्षा , परराष्ट्र, बिशेष सेवा , गृहमन्त्रलाय जस्ता भारतको बिशेष क्षेत्रमा प्रमुखको रुपमा योग्य ठहरिंदैन, अमेरिकामा पनि ग्रीन कार्ड पाएकाले त्यस्तै बिशेष सेवाबाट बन्चित हुन पर्छ र ब्यापार र खरिद बिक्रि , र अन्य क्षेत्रमा पनिअवसरपाउदैन र करिबतीन पुस्ता पुरा भए पछी र अमेरिकन संग बिबाह पश्चात जन्म भएको पुस्तालाइ भने नागरिकता कानुनले केहि अधिकार दिन्छ।त्यसैले नेपालमानागरिकता बिधेयेकलाइ चुनाव जित्ने एजेन्डामा जाँदा भोलि आफ्नो मुलभुतनेपली संस्कृति, भाषा, धर्म, पहिचान, आस्था माथि प्रहार हुन्छ कि ?
अबको ग्लोबलाइजेशन जमानामा कुनै नेपालीले नेपाल छोडेर बसाइ सराइ गर्दै अमेरिका , क्यानाडा जानु उतैको नागरिकता लिनु र कुनै भारतीय र चाइनिज नेपालमा त्यस्तै अवसरको खोजीमा नेपाल आउनु र नेपालमै नागरिकता अथवा आधार कार्ड लिनु अब त्यति ठुलो मुद्दा न होला। तर नेपालको नागरिकताको बर्गिकरण र त्यसको मूल्य मान्यता अधिकार क्षेत्रमा पनि संसदको सदनले कानुन पास गर्दा बिचारपुराउदा राम्रो। नत्र अब को 15/२० बर्षमा तपाई हाम्रो सामाजिक मूल्य मान्यता बोक्ने , अघिल्लो पुस्ताको पुस्तान्तरण नया पुस्तामा बिकसित रुपमा सर्ने , राष्ट्रियता झन् बलियो हुनु भन्दा सिक्किम, पर्सिया, तिब्बतको जस्तोइतिहास नेपालको हुने पो हो कि ? अथवा कश्मिरको जस्तो इंडिया र पाकिस्तानको बिचमाहाम्रो नेपाल पनिचिन र भारतको बीचमा फस्ने हो कि ?
किन नेपालमा नागरिकताविधयेकमा जनताको प्रतिबाद भएन
नागरिकताबाड्नु अघि प्रदेशिक संरचना र पार्टीगत गुट छुट्टीएकोनेपाली आफैमा यति कमजोर छ कि ब्रिटिशले कब्जा गर्नु अघिको भारत झैँ । जातीय अन्तरमा उच निच , बहु भाषी , बहु राज्य भएको भारत बर्षमा मुगललाइ कब्जा गर्न नि सजिलो थियो। झन् ब्रिटिशलाइ अझ सजिलो भो किनभने उ समयमा भारतमा राष्ट्रियता थियन । राष्ट्रियता र पार्लियामेन्ट बिकासको लागि रक्पात पूर्ण आन्दोलन गरेको ब्रिटिश (इंगल्याण्ड, स्कट ल्याण्ड, वेल्स) लाइ भारत बर्षकब्जा गर्न गार्हो भएन । अहिले नेपाल उ बेलाको भारत झैँ छ । सर्बसाधारण जनतालाइनेपालको नेता र शासक बर्गसंग निकै रिस देखिन्छ ।त्यो जनताको पिडा बुझ्नको लागि त्रिभुवन इन्टरनेसनल एरपोर्टको बैदेशिक रोजगारमा जाने र आउने गेटमा बस्ने नेपाल र नेपालीको लागि सेवा दिने कर्मचारीको व्यवहारले देखाउछ। झन् बिदेशबसेकानेपाली र त्यहाँको राजदुतको सम्बन्ध। हाम्रो नेपाल र भारतको भन्सार नाकाहरुजस्तै कि रुपैडिया , सुनौली, गढ़ढा चौकीमा गर्ने नेपाली प्रहरीको ज्यादती । यातायात कार्यलय, मालपोत अनि राजस्व कार्यालय लगायत ठाउमा सर्वसाधारण जनता र नेपालको सरकारी कर्मचारीको सम्बन्धमानेपाली सरकारबादी र नेपाली आम नागरिक बीच को खाडल प्रस्ट देखिन्छ।
अहिलेनेपाली समाजमापढ्ने क्याम्पस देखि कार्यालयमासहपाठीसाथीहरुको कुनै न कुनै पार्टी सदस्यता लिएको पाइन्छ। जुन सुकै संस्था होस् बिना राजनीतिक पार्टीको सदस्यता र कुनै पद नभएको मान्छे बिरलै भेटिन्छ । यदि कतै भेटियो त्योनेपालीनै होइन जस्तो ।यसरि सबै तिर गुट बन्दि भएको जनता बीच सरकारलेजे निर्णय गर्ने नि , जे कानुन पास गरे नि त्यो सहि या गलत भन्दा नि त्यो हाम्रो पार्टीको नेताले गरेको हो वा होइन भनि आफ्नो पार्टीको भए आँखा चिम्म गरेर समर्थन गर्ने र अर्को पार्टीले राम्रो काम गरे नि मेरो पार्टीको होइन भनि बिरोध गर्ने संस्कार बढेको पाइन्छ ।तर संबिधानमा लेखिएको राष्ट्रिय अखण्डता , राष्ट्रिय शान्ति सुरक्षा र राष्ट्र विकास अनिराष्ट्रियताको बिषयमा पार्टी भन्दा माथी उठ्ने कि भन्ने चेतना र व्यवहार जन मानसमा न देखिएकोले यत्रो ठुलो निर्णय हुँदा सम्म सडक र सदन तातेन।सर्बसाधारण जनतालाइयसले भोलि कति असर पार्छभन्दा पनि अहिले यो देशको सिस्टम के नैठिक छ रभन्ने भएको हुन सक्छ। अनि पार्टीका कमरेड र सदस्यलाइ भोलि एक दिन मलाई फेरी पार्टीले अथवा पार्टीको अगुवाले कारवाही गर्ने पो हो कि ? वा अर्को चुनावी मौका दिन्न कि भन्ने होला। यस्तो चरम रुपमा विभाजित भएको नेपालमा संसदको बहुमतले जे नीति , नियम र कानुन बनाए पनि नेपालमा बोल्ने हिम्मत कसैको छैन।तैचुप, मै चुप , आजतेरो सरकार छ त खा , भोलि मेरो /हाम्रो सरकार हुन्छ म खान्छु भन्ने दरिद्र मानसिकता नेपाली नेता मा देखिन्छ।(समाप्त)