करार कर्मचारीले काम गर्न पाउने

पालिकाले कामबाट हटाएका कर्मचारीलाई काममा निरन्तरता दिन उच्च अदालत तुलसीपुर नेपालगन्ज अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

गत साउन १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई अदालतले निरन्तरता दिएको कर्मचारीको पक्षबाट वकालत गरेका कानुन व्यवसायी विकास आचार्यले जानकारी दिएका छन् ।

अधिवक्ता आचार्यका अनुसार, यसअघि बर्दियाको ठाकुरबाबा नगरपालिकामा काम गरिरहेका करार कर्मचारीहरुलाई हटाएपछि उनीहरु उच्च अदालत पुगेका थिए । उक्त रिटको पहिलो सुनुवाईमै अदालतले काम गर्न दिन अल्पकालीन आदेश जारी गरेको थियो, दोस्रो पटक साउन १८ मा पनि निर्णय कायम राखेको अदालतले साउन २२ गते सुनुवाई गर्दै काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

मेलमिलापकर्ता, स्टाफ नर्स, भुसेवा, पशु स्वंम सेवक चौथो, सुचना प्रविधि अधिकृत छैठो तह पदमा काम गर्ने कर्मचारीहरूको तर्फबाट रिट दाएर भएको थियो । अधिवक्ता आचार्यले जनप्रतिनिधि चुनिएर आएपछि मनपरी हटाउन लागेपछि कर्मचारी धमाधम अदालत पुगेको बताउँछन् । अदालतले यसअघि खजुरामा कार्यरत कर्मचारीहरुले हालेको रिटमा पनि काम गर्न दिन अन्तरिम आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया