राजनीतिक कोर्ष फेर्ने जनताको चाहनाः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाली जनता मुलुकको राजनीतिक कोर्ष फेर्न चाहेको बताएका छन् ।

विहीवार नेपालगन्जमा आफ्नो पार्टीको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै त्यसका लागि आगामी निर्वाचनमा राजनीतिक नेतृत्व फेर्न र नयाँलाई अवसर दिन आव्हान गरेका अध्यक्ष लामिछानेले पुरानै दललाई निरन्तरता दिइए बचेखुचेको राष्ट्रिय अस्मिता पनि सकिने दावी गरे ।


लामिछानेले आफुलाई धेरैले दल खोल्दा रविन्द्र मिश्र बन्ने चेतावनी दिएको भन्दै त्यसको डर नभएको बताए ।
लामिछानेले नेपालगन्जमा भने, मलाई भिडदेखि डर लाग्छ । ‘एमसीसीको सबैभन्दा बढी विरोध भयो । एमसीसी ल्याउनेदेखि पारित गर्न लागिपर्ने पार्टीनै स्थानीय तहमा सबैभन्दा ठुलो बन्यो’, लामिछानेले मत बदल्ने मन बनाउन आव्हान पनि गरे ।

प्रतिक्रिया

प्रतिक्रिया