जागेश्वर सिंह थारु
जिल्ला अदालत बाँकेले आर्थिक वर्ष २०७८/७९ मा ५१.६ प्रतिशत मुद्दा अदालतमा फस्र्यौट गरेको छ । बाँके जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टले भने जिल्ला अदालतले लक्ष्यभन्दा कम वर्षभर ५१.६ प्रतिशत मुद्दा फस्र्योट गरेको जानकारी दिएका छन् ।
भट्टका अनुसार, जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका समेत कुल ६ हजार ५ सय २५ मुद्दा दर्ता भएकोमा ३ हजार ३ सय ६७ वटा मुद्दाहरू फस्र्यौट भएको छ ।
आव ०७६/७७ मा २ हजार ७ सय ९८ वटाको जिम्मेवारी सरेको थियो भने ३ सय ७ सय २७ वटा नयाँ दर्ता भएका थिए । आ.व. २०७८/७९ मा कुल ३ हजार १ सय ५८ ओटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको छ ।