खान र चौधरी केन्द्रीय सचिव


नेपालगन्जका पत्रकार सिराज खान प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव निर्वाचित भएका छन् । शनिबार राजधानी काठमाडौंमा भएको सेन्टरको अधिवेशनले विष्णु सापकोटा (जुगल)को अध्यक्षतामा ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो । त्यस्तै, बर्दियाबाट रासस समाचारदाता मेनका चौधरी महिला तर्फ केन्द्रीय सचिव निर्वाचित भएकी छन् ।


नेपालगन्जबाट लामो समयदेखि गोरखापत्रका संवाददाता रहेका पत्रकार खान नेपाल पत्रकार महासंघ बाँकेका पूर्व उपसभापति पनि हुन् । सापकोटाको अध्यक्षतामा रहेको सेन्टरको नयाँ कार्यसमितिले कमल गिरी वरिष्ठ उपाध्यक्ष, सन्तोष पौडेल महासचिव र डिल्ली मल्ल कोषाध्यक्ष छन् ।


१ सय ९९ सदस्यीय केन्द्रीय कमिटिमा २० जना उपाध्यक्ष, १० जना उपमहासचिव र २७ जना सचिव छन् । महिला पत्रकारलाई पाँच कोटामा सीमित राखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया