एसईई नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

बुधबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक पछि नतिजा सार्वजनिक भएको हो ।

एसईई परीक्षा गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

https://results.ekantipur.com/see-results-with-marksheet.php

प्रतिक्रिया

प्रतिक्रिया