नागरिकता साधन कि साध्य ?

यस्मिन् देशे वयं जन्मधारणं कुर्मः स हि अस्माकं देशः जन्मभूमिः वा भवति।

जननी इव जन्मभूमिः पूज्य आदरणीया च भवति । अस्याः यशः सर्वेषांदेशवसिनां यशः भवति ।

अस्याः गौरवेण एव देशवसिनां गौरवम् भवति ।

ये जनाःस्वाभ्युदयार्थ देशस्याहितं कुर्वन्ति ते अधमाः सन्ति ।

देशभक्तिः सर्वासुभक्तिषु श्रेष्ठा कथ्यते ।

अनया एव देशस्य स्वतंत्रतायाः रक्षा भवति । देशभक्तिः व्यक्ति-समाज -देशकल्याणार्थ परमम् औषधम् अस्ति ।

अर्थात मानवले जहाँ जन्मधारण गर्दछ उही जन्मभूमी हुन्छ।उक्त स्थान मातापिता जस्तै पुजनीय र आदरणीय हुन्छ । यसको यशमा नै सबै नागरिकको हित हुन्छ । यसको गौरवमा नै गौरव रहन्छ। जसले आफ्नो स्वार्थका लागि राष्ट्र अहित गर्दछ उ नीच हो जवकी देशभक्ति सर्वश्रेष्ठ भक्तिभाव हो। यसले नै देशको रक्षा हुन्छ । अचुक औषधी भनेकै देशभक्त नागरिक जसले समाज र देशको कल्याण हेर्दछ।जसका तुलनामा अरु सबै गौण हुन्छ ।

राष्ट्र प्रेम¸ विकास¸ शान्ति तथा हितमा कर्तव्य निर्वाह गर्ने नागरिक र मरेर जादा पनि मेरो देश भनेर गौरव गर्न लायक बनाउने राज्यबीचको सम्बन्धसुत्र नै नागरिकता हो । स्वार्थ लोभ र मोहको अस्त्रको रुपमा प्रयोग गर्ने साधन नागरिकता बनाईएर लिने र दिने दुवै गैर मानव हुन भन्दा अतिशयोक्ति नहोला।

जननी जन्म भूमीलाई स्वीकार गरेर राज्यले धर्तीका रहेका परिवारका आधार (jus sanguinis) जन्मका आधार(jus soli)¸ विवाहको सम्बन्ध (jus matrimonii)¸ लगानी र आर्थिक पक्षका आधारमा दिईने नागिकता (Citizenship by investment or Economic Citizenship ) जस्ता थुप्रै आधारमा नागरिक बनाउने गरिन्छ ।नेपालमा दिईने बंशज ¸जन्म ¸पहिचान¸ गैर आवासिय जस्ता आधारहरुमा दिईने अभ्यासलाई विश्लेषण गर्न जरुरी छ ।

  • संशोधित विधमान प्रावधान

यधपी नागरिकता विधेयक पारित भएको भन्न सन्दर्भमा भएका प्रावधानहरु वारे जान्न जरुरी हुन्छ ।

  1. संविधानले जन्मका आधारमा नागरिकता दिने व्यवस्था खारेजगर्‍यो । तर संविधान जारी हुनुअगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुकोसन्तानलाई संघीय ऐन बमोजिम वंशजको आधारमा नागरिकता दिने व्यवस्था संविधानमैराखियो र सोहि बमोजिम जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानले वंशजका आधारमा नागरिकता पाउने प्रावधान रहेको ।तर बाबु रआमा दुबै नेपालको नागरिक हुनुपर्ने हुन्छ ।
  2. महिलारपुरुषलाईसमानवंशीयहकहुने संवैधानिक व्यवस्था मुताविक आमाले र सन्तानले बाबु नभएको विषय स्वघोषणा गरेमा नागरिकता पाउन सक्ने ।
  3. सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्नेगैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्नपाउने गरी नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको ।

संख्याको गणनालाई आधार दिएर भन्ने भन्दा नि न्याय र अन्यायको दृष्टिकोणबाट हेर्नुपर्दछ । यि थपिएका प्रावधानहरुले असल नेपालीहरुप्रति पक्कै पनि न्याय गरेको छ तर कुत्सित मनासायले लिएका नागरिकताको दुरुपयोगबाट उत्पन्न हुने अहित निहित विषयहरुले राज्यलाई धोका हुनेछ भने युगले यस युगका राज्य संचालकहरु प्रति सदै ‌औला सोझ्याएर सोधिरहनेछ मेरो राज्य खोई ? मेरो पहिचान र उत्पत्ति कहाँ छ ? पहिचान नामेट हुन गरी दिएका नागरिकताले अनर्थसिद्ध गर्दछ नै । 

  • मौनता रहेका क्षेत्रहरु

मौनम स्वीकृतम लक्षमण् भनिन्छ तर कतिपय मौनतामा आन्दोलन र निराशाको संयुक्त रुप हुनसक्छ । विधमान नागरिकता विधेयकमा मौनता के के छ त ?

  1. वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा समयसिमा तोकिने सम्बन्धमा मौन रहेको राज्य देखिन्छ जवकी निश्चित समयको परिक्षणकाल राख्ने संसारभर अभ्यास छ । सवारी साधनको लाईसेन्स लिदा त १ वर्षै परिक्षणकाल राख्ने प्रावधान छ यो त राज्य चलाउने आधार हो यसमा परिक्षणकाल तोकिनुपर्दथ्यो ।
  2. लैंगिकपहिचानसहितनागरिकतालिनसक्नेव्यवस्थागरेको छ।महिला  पुरुष र अन्य लेख्न पाईने तर  LGBTQ (lesbian, gay, bisexual, transgender and queer or questioning) नबोल्नुले अन्य नेपालमा रहेका नेपालीको पहिचान नभएको अवस्था जनाउदछ।के अन्यहरुको मानविय पहिचान छैन त ? राज्यको मौनतामा अनेक प्रश्नहरु छन ।
  3. नाम थर र उपनाम राख्न सकिने विषयलाई अतिशयोक्ति दिनुहुदैन तर पहिचान नै नरहने गरी थप्ने प्रावधानलाई राज्य अनुकुलन भएको मान्न सकिएला कतिपय अवस्थामा मौनतामा नि मुद्दा जितिन्छ । यधपी राज्यलाई मौन रहने अधिकारनिहित हुदैन ।
  4. ‘संविधानमा प्रादेशिक पहिचान सहितको एकल संघीयनागरिकताको व्यवस्था गरिएको छ तर कुनै व्यवस्था भएन।संघीय लोकतान्त्रिक गणतन्तत्रात्मक राज्य हो भने यस्तो पहिचान हुने गरी नागरिकता दिनुमा पर्नेमा मौन रहनुपर्ने अवस्था थिएन ।

यस्तै अनुत्तरित सवालहरु रहेका विषयहरुमा कुनैबाबुआमालेसन्तानलाईनागरिकतादिलाउन चाहेन भने के गर्ने ? बाबु–आमा दुबैको मृत्यु भएको छ र काका, ठुलोबुबा, दाजु वा अभिभावकले नागरिकता दिन नचाहे के गर्ने ?वैदेशिकरोजगारीकोसिलसिलामाविदेशगएकी महिलाले विदेशमै जन्माएकोसन्तानले कसरी नागरिकता पाउँछन् ?जस्ता व्यवहारिक कठिनाईहरुलाई सम्बोधन नगरेको अवस्था छ ।

ऐन बन्यो अब नियमावली र कार्यविधि बनाई कार्यान्वयन गरिने प्रक्रियामा जादा नागरिकता सम्बन्धी कानूनले कानूनी नागरिक बनाउने तर राज्यनिहित रहेको नागरिक बनाउने सक्ने वा नसक्ने विषय प्रश्नयोग्य नै देखिन्छ।नागिकताले कानूनी आधार तय गर्दछ । यसैका आधारमा राज्य सत्ता र शक्तिको अधिकार प्राप्ति हुन्छ। साना मुलुकमा चासो र मुलुकको चिन्ताको विषय नागरिकता हुन्छ । अनागरिक हुनु पक्कै पनि अधर्म र अमानविय कार्य हो तर यसैका आधारमा (अ)राजनीति गर्नु शुभसंकेत होईन । राज्य साधनहरुको बैतरणी तर्ने माध्यम होईन यो त त्याग तपस्या र जन्मको अन्तिम उद्देश्यनिहित साध्य हो ।संसारभर रहेका नेपालीले महशुस गर्ने गौरवपूर्ण आधार हो ।

प्रतिक्रिया

प्रतिक्रिया