स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब तीन महिना बढी भै सक्दासमेत निर्वाचित जनप्रतिनिधिहरुले खासै उल्लेखित कार्य गरेको देख्न नपाउँदा आमजनताले आ–आफ्नो तरिकाले व्याख्या र विश्लेषण गर्न थालिसकेका छन् । जनप्रतिनिधिप्रति कुनै पनि मतदानले आफूले चाहेका चहानाहरु पूरा हुने अपेक्षा राख्नु स्वभाविक हो ।
निर्वाचन पछिका निर्वाचित जनप्रतिनिधिहरुलाई जनताका कतिपय समस्याहरुलाई गम्भीर रुपमा लिन सक्ने क्षमता नभएको जस्तो गरी सम्बोधन गरी रहेको देखिन्छ । स्थानीय तहमा आफ्नो नेतृत्वलाई रातदिन नभनी विजय गराउन लागिपरेका कार्यकर्ता तथा शुभचिन्तकहरुको आफ्नो विचार होला आफ्ना समस्याहरुलाई निकै ठूला समस्याका रुपमा लिइरहेका जनप्रतिनिधिहरुका भोटरहरुलाई यस्तै समस्याले ग्रसित पारेको हुन्छ । कतिपय स्थानीय तहमा जुँगाको लडाइँलाई सम्मान गर्न कर्मचारी कटौतीको नाममा लामो समयदेखि काम गर्दे आइरहेको कर्मचारीहरु हटाउने मात्रै काम भएको देखिन्छ । आफूले लिखित रुपमा गरेका घोषणा पत्रहरु स्थानीय निर्वाचन पछिका दिनमा विजय जनप्रतिनिधिहरुले पढ्न भ्याए कि ती घोषणा पत्रहरुलाई नजिकैको फोहर फाल्ने डस्विनमा मिल्काएका छन् भन्नेसम्म कल्पना स्थानीयहरुले आकलन गर्न थालिसकेको छन् । स्थानीय निर्वाचनमा सफलता हासिल गरेपछि सुरुवाती दिनमा जनप्रतिनिधिहरुले स्थानीय तहमा देखिएका समस्याहरुलाई समाधान गर्नु पर्ने हो तर यसो हुन सकेको छैन । हरेक प्रकारले केही प्रभाव पर्ने समूहको घेरामा पर्नु जनप्रतिनिधिहरुको एउटा समस्या नै हो । तर पनि विभिन्न विज्ञहरुको समिति निर्माण गर्दै आफ्ना योजनाहरुलाई सफल बनाउनु पर्ने स्थानीय जनप्रतिनिहरुको पहिलो दायित्व र कर्तव्य हो ।
भोलिका दिनमा फेरि आउने निर्वाचनमा राजनीतिक भविष्य बोकेका कतिपय जनप्रतिनिधिले जनतालाई कुनै पनि दुःख दिनु हँुदैन भन्ने मनसायले विकासका गतिविधिहरु ओझेलमा पर्न थालेको देखिन्छ । हो जनतालाई दुख कष्ट दिनु हँुदैन तर जनताको सहजताका लागि केही कठोर जनप्रतिनिधि बन्नै पर्ने देखिन्छ । राजनीति लाभको लोभलाई केही बेर बिर्सेर मात्रै स्थानीय तहको सुन्दर भविष्यको कल्पना गर्नु वर्तमान जनप्रतिनिधिहरुको पहिलो दायित्व हो ।
सुक्ष्म अध्ययन गर्दा अहिले आएर जनप्रतिनिधिहरुमा केही लोभ जागेको हो कि भन्ने भान पर्न थालेको छ । लोभ भन्दै आर्थिक लोभ भन्दा पनि पछि आउने दिनमा राजनीतिक लाभको लोभलाई मैले यहाँ दर्शाउन खोजेको हँु । भोलिका दिनमा फेरि आउने निर्वाचनमा राजनीतिक भविष्य बोकेका कतिपय जनप्रतिनिधिले जनतालाई कुनै पनि दुःख दिनु हँुदैन भन्ने मनसायले विकासका गतिविधिहरु ओझेल पर्ने थालेको देखिन्छ । हो जनतालाई दुख कष्ट दिनु हँुदैन तर जनताको सहजताका लागि केही कठोर जनप्रतिनिधि बन्नै पर्ने देखिन्छ । राजनीति लाभको लोभलाई केही बेर बिर्सेर मात्रै स्थानीय तहको सुन्दर भविष्यको कल्पना गर्नु वर्तमान जनप्रतिनिधिहरुको पहिलो दायित्व हो । स्थानीय तहमा जनताको मतले सत्ता प्राप्त गरेका जनप्रतिनिधिहरुको मुख्य जिम्मेवारी जनता माथि सौहार्दपूर्ण वातावरणको सृजना गर्दै प्रणालीमा रहेर शासन गर्नु हो । मुख्य विषयलाई बिर्सेर पछिल्लो समय विषयान्तर भएका जनप्रनिधि देख्दा चिन्ता लागेर आउँछ, के यसैका लागि मतदान गरियो ? प्रश्नै प्रश्नले थिच्ने गरेको छ ।
शुद्ध मनले काम गर्ने जो कोहि पनि असफल हुनु पर्दैन मात्रै लोभ त्यागेर एक पक्ष भन्दा पनि समग्र स्थानीय तहको विकासमा ध्यान दिनु पर्दछ । फेरि नलड्ने प्रण गर्दै अहिले प्राप्त भएको अधिकारलाई समग्र स्थानीय तहको विकासमा लाग्नु वर्तमान जनप्रतिनिधिहरुको दायित्व हो । यति भन्दै गर्दा अधिकांश जनप्रतिनिधिहरु ‘मलाई थाहा छ’ भन्ने मनोविज्ञानबाट निर्देशित छन् जसको कारण हरेक कदमहरुलाई हेर्ने नजर दुरगामी हुन सकेको देखिँदैन । मलाई फेरि लड्नु छैन भन्दै अहिलेका जनप्रतिनिधि स्थानीय विकासमा लड्नु पर्ने आवश्कता हो । हाम्रो भन्दा राम्रोको साथ, सहयोग र मार्गनिर्देशनलाई वर्तमान जनप्रतिनिधिहरुले लिएको देखिँदैन, हरेक घटनाहरु आफ्ना राजनीति दाउपेच तथा भोलिको राजनीतिक भविष्यसँग जोडेर हेर्दा जनप्रतिनिधिहरुले केही काम गर्न सकेका छैनन् जुन धु्रब सत्य हो ।
अबका दिनमा स्थानीय जनप्रतिनिधिहरुले आफूले घोषण गरेका घोषणा पत्रको मार्ग चित्र अनुरुप काम गर्र्दै जाने हो भने पाँच वर्ष मात्रै नभई हरेकपटक जनताको माग विकास प्रेमी जनप्रतिनिधिहरुको भन्दा अरुको नहुने कुरामा ढुक्क भए हुन्छ । फेरि लड्ने आशामा नबसी यही अवसरलाई हृदयबाट कसी लगाएर जनताका हितमा काम गर्दै जानु जनप्रतिनिधिहरुको पहिलो सर्त र दायित्व हो ।