शनिबार बाँकेको सैनिक क्षेत्रमा फेला परेको शंकास्पद खनिज तथ्य पत्ता लगाउन खानी तथा भूगर्भ विभाग पठाइएको भएपनि परीक्षणबाट पुष्टि हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ गरिएका चार जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको बाँके प्रहरीले एक जना प्रहरी निरीक्षकलाई बरामद शंकास्पद खनिज लिएर काठमाडांै पठाएको थियो । ‘खानी तथा भुगर्भ विभागले युरेनियम हो भन्ने कुराको एकिन गर्न सकेन’, प्रहरी स्रोतले भन्यो, ‘युरेनियम होइन भने के हो त ? भन्ने थप परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।’
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे पुष्टि गर्दै शंकास्पद खनिज बारे वास्तविकता पत्ता प्रहरी टोली सक्रिय रहेको बताए । ‘यूरेनियम होइन, थप जानकारी विधि विज्ञान प्रयोगशालाको रिपोर्टले भन्ला’, उनले दैनिक नेपालगन्जसँग भने, ‘बाहिर हल्ला भएजस्तो धेरै ठूलो कुरा होइन ।’ उनले पक्राउ परेका चारैजना नेपाली नागरिक भएको प्रष्ट पारे ।
प्रहरी स्रोतले युरेनियम हुनसक्ने भनेर केही व्यक्तिले भारत खनिज लग्न लागेको तर त्यो नक्कली भएको बताएको छ । ‘ठग्ने नियतले पनि यूरेनियम भनेर लग्न खोजेको हुनसक्छ, तर त्यसमा कसैले पनि आर्थिक लाभ लिएको पुष्टि भएको छैन’, प्रहरी स्रोतले भन्यो ।
प्रहरी स्रोतका अनुसार, पक्राउ पर्नेमा रोप्ला, खोटाङ, खजुरा, नुवाकोटका व्यक्त रहेका छन् । नेपालमा यसअघि पनि यूरेनियमको आंशका तथा यूरेनियम नै व्यक्तिको साथबाट फेला परेको थियो । यसअघि मोरंगमा पनि यूरेनियम बरामद भएको भनिएपनि अन्तत पुष्टि भएको थियो ।