नेकपा एमाले बाँकेले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसर पारेर बिचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको स्मरण गर्दै नेकपा एमाले बाँकेले बिचार गोष्ठी तथा प्रमाणपत्र बितरण कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा एमाले बाँकेले आयोजना गरेको बिचार गोष्ठीका प्रमुख अतिथी, नेकपा एमाले केन्द्रीय कमिटीका सचिब एबं लुम्बिनी प्रदेशका ईन्चार्ज छविलाल विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिमा पुष्पलाल श्रेष्ठले पु¥याएको योगदानको चर्चा गर्दै नेकपा एमालेका हरेक कार्यकर्ताले स्मरणमा मात्र नभई गन्तब्य पछ्याउदा सम्म सम्झीरहने बताए । उनले पुष्पलालले देखाएको बाटोमा अबिचलित हिडीरहने भन्दै पुष्पलालको स्मृतिलाई चिर स्थायी बनाउने हिसाबले नेपालको राष्ट्रिय राजनीतिमा नेकपा एमालेले महत्वपूर्ण योगदान पु¥याने बताए ।
४४ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमाले नगरकमिटी नेपालगन्जले आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाका पदाधिकारी र सदस्यलाई गत असार १५ देखि ३० गते सम्म १५ दिने प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमुख अतिथि छविलाल विश्वकर्माले प्रमाणपत्र बितरण गरेका थिए । बिचार गोष्ठीमा संबिधान सभा सदस्य तथा अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकालले संस्थापक नेता पुष्पलालले नेपालको कम्यूनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेको थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा सहइन्चार्ज मो. हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, प्रदेश कमिटी सदस्य बलिभद्र पुन, जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्रीलगायत बाँके जिल्लाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो