नेपाली काँग्रेस संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ४०औँ स्मृति दिवस शुक्रवार नेपालगन्जमा मनाइएको छ । त्यसअवसरमा नेपालगन्जस्थित वीपी चोकमा रहेको वीपीको शालिकमा माल्यार्पण गरिएको छ ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेता कार्यकर्ताले वीपीको शालिकमा माल्यार्पण गरेर वीपी जयन्ती मनाएका हुन् ।
काँग्रेस पार्टी कार्यालयमा वीपीको शालिकमा पनि माल्यार्पण गरिएको थियो । शुक्रवारनै नेपालगन्ज १० स्थित शारदा आधारभूत विद्यालय प्रांगणमा वृक्षारोपण गरिएको थियो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।