बालिकालाई ‘सेल्फ डिफेन्स’को प्राथमिकता

सन्दिप जंग शाहले सम्हाले जिल्ला खेलकुदको पदभार

बाँके जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष सन्दिप जंग शाहले आइतबार पदभार सम्हालेका छन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीले शाहको अध्यक्षतामा असार १९ गते बाँके जिल्ला खेलकुद विकास समिति पुनर्गठनको निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार, अध्यक्षमा शाह, उपाध्यक्ष चेतकान्त भट्टराई, कोषाध्यक्ष वीरेन्द्र शाही तथा सदस्यहरुमा मञ्जु शाह, रेवती सिंह, दिपक ओली, मो. जावेद हलवाई, रञ्जित सिंह सिजापति र चन्द्र राना रहेको खेलकुद विकास समिति गठन गरिएको हो । सोही समितिले आइतबार पदभार ग्रहण गरेको हो । पदभार ग्रहण लगत्तै बसेको बैठकले बाँकेका सबै पालिका स्तरमा विद्यालयका बालिकालाई सेल्फ डिफेन्स तालिम दिने निर्णय गरेको अध्यक्ष शाहले जानकारी दिए ।

‘रंगशाला सरसफाईलाई दोस्रो प्राथमिकतामा राखिएको छ’, अध्यक्ष शाहले तत्काल रंगशाला परिसर भित्र सरसफाई गर्न विरेन्द्र शाहीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको जानकारी दिंदै भने, ‘खेल गतिविधिलाई तिव्रता दिन पालिका स्तरमै सहकार्य र समन्वय गर्नेछौं ।’

प्रतिक्रिया

प्रतिक्रिया