नेपालगन्जबाट नगरबस नचल्ने, असुलीको आरोप

नेपालगन्ज छुट्ने बस तथा म्याजिक भ्यानका सञ्चालक तथा कर्मचारीले आफ्नो माग पूरा नभए नगर बस तथा भ्यान चलाउने बताएका छन् । शुक्रबार विहानै विपीचोकमा सवारी तेस्र्याएर आन्दोलित उनीहरुले माग पूरा नगरे सवारी नचलाउने बताएका हुन् । सडक अवरुद्ध हुने गरी यातायातका साधन सडकमा तेस्र्याएपछि ट्राफिक, जनपद, नगर प्रहरी र यातायात व्यवसायी बीच छलफल भएको थियो । छलफल पनि सडकका सवारी साधन एक साइड लगाइएपछि सडकको अवरोध हटेको छ ।

के हो समस्या

यातायात व्यवसायीहरुले पुष्पलाल चोकमा बसपार्कको ठेकेदारले रकम असुल्न थालेको भन्दै नगरमा चल्ने यातायात रोकेको बताएका छन् । उनीहरुको अनुसार, पैसा नतिर्न खोजे बसपार्क गएर जबर्जस्ती रसिद कटाउने गरेको बताएका छन् ।
नगर यातायातसँग अवैध रुपमा रु. ५० असुल्न थालिएको छ व्यवसायीको आरोप छ । ‘उपमहानगरपालिकाकै सहमतिमा पैसा उठाउन थालिएको हो’, आन्दोलित यातायातका कर्मचारीले भने, ‘नगरमा चल्ने यातायात बसपार्क पुर्याउने हो भने अपायक पर्ने, यात्रु पाइँदैन नोक्सान हुन्छ ।’

व्यवसायीले बसपार्कबाट नछुट्ने गाडीसँग सडकमा पैसा असुल्ने कार्य अवैधानिक भएको तर्क गरेका छन् ।
नेपालगन्जमा सबै गाडी बसपार्कबाट मात्रै छुट्नु पर्ने व्यवस्था गर्ने प्रयास लामो समयदेखि हुँदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया