रेडक्रसकर्मी भन्छन्, स्थानीय सरकारले खोजेन

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले उपशाखा व्यवस्थापन गोष्ठी आयोजना गरेको छ । उपशाखाले पालना गर्नुपर्ने वैधानिक दायित्व, काम कर्तव्य र अधिकार, विपद् प्रभावितहरुको दु्रत लेखाजोखा र विस्तृत घरधुरी सर्वेक्षण, दृष्यात्मक एकरुपता र जुनियर तथा युवा रेडक्रस कार्यप्रणाली निर्देशिकाको बारेमा गोष्ठी गरिएको हो ।


जुनियर तथा युवा समिति संयोजक यमनारायण महतो, नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गोष्ठीको सहजीकरण गरेका हुन् ।


रेडक्रसको उपशाखालाई पालिका एवं वडाले सहभागी नगराएको गुनासो सहभागीहरुले राखेका छन् । विपद् व्यवस्थापनको क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा नै रेडक्रस पालिका र वडा स्तरीय स्थानीय विपद् व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था छ । रेडक्रसकर्मीहरुले स्थानीय सरकारसँग समन्वय अभावको गुनासो गरे ।


नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्र्तगत रहेका १७ वटा उपशाखाका सभापति र सचिव तथा संगठन तथा क्षमता विकास समितिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा स्थानीय तहसंग समन्वय गरी विपद् व्यवस्थापन, संस्थागत विकासबारे छलफल गरिएको थियो ।

रेडक्रसका अनुसार, गोष्ठीमा राहत प्रतिकार्य, मनसुन पूर्वतयारी गोष्ठी आयोजना र पालिका एवं वडा स्तरको स्थानीय विपद् व्यवस्थापन समितिमा संस्थागत सहभागिता जनाउने कुरामा जोड दिइएको छ ।


नेरेसो संगठन तथा क्षमता विकास समितिका संयोजक यज्ञनारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेरेसो बाँके शाखा सभापति गोवर्धन सिंह सम्झना र उपनिर्देशक दोलखबहादुर डाँगीले विभिन्न सान्दर्भिक भनाइ राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया