
नागरिकको मानव अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मानव अधिकार एलाइन्सको २३ औ स्थापना दिवसको अवसरमा नेपालगंजमा आयोजित कार्यक्रमका सहभागीहरुले जुनसुकै परिस्थितिमा पनि नागरिकको मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व हुने बताएका हुन । नागरिक अधिकार साथै कर्तब्य पनि हुने बताएका थिए ।
मानव अधिकार एलाइन्सका बाँके शाखा अध्यक्ष वसन्त गौतमले स्थापनाको २३ बर्ष पुग्दा एलाइन्सले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्य गर्दै आएको बताए । द्वन्द्वकालमा स्थापित एलाईन्सले सुरुवाती अवस्थामा ब्यक्तिको नागरिक तथा राजनैतिक अधिकार संरक्षणलाई मुख्य प्राथमिता दिई नागरिकको बाँच्न पाउने संरक्षणमा कार्य गरेको स्मरण गदै बदलिदो परिस्थितिमा मानव अधिकार बिषयबस्तु फेरीने भएकाले सोही अनुसार कार्य गरिने बताए ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक खिम बहादुर घर्ति मगर, लगायका सरकारी निकायका पदाधिकारीले एलाइन्स स्थापना दिवसका अवसरमा सुभकामना दिदै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा आफुहरु प्रतिवद्ध रहेको बताएका थिए ।
एलाइन्सका बाँके सचिव राम सुहावन सोनकरले संचालन गरेको कार्यक्रमा राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज कार्यालयका प्रमुख झंकर बहादुर रावल,मानव अधिकार एलाइन्सका पूर्व वरिष्ठ उपाध्यक्ष सुरेश कुमार गौतम र केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, एलाइन्सका सस्थापक भोला महत, अधिकारकर्मीहरु प्रह्लाद बहादुर कार्की, बिश्वजित तिवारी, बल बहादुर चन्द, मैमुना सिद्धिकी, जेष्ठ नागरिक कृष्ण मुरारी प्रसाद भट्ट,कमला पन्त लगायतका वक्ताहरुले महिला बालबालिका, जेष्ठ नागरिक लगायतका अधिकार सुनिश्चित हुन नसकेको भन्दै आर्थिक सामाजिक अधिकारका लागी वकालत जरुरी रहेको बताएका थिए ।
गौतम र ठकुरी सम्मानित
यसै बिच एलाइन्स स्थापना दिवसको सन्दर्भ पारेर मानव अधिकार एलाइन्सका पूर्व वरिष्ठ उपाध्यक्ष सुरेश कुमार गौतम र केन्द्रीय सदस्य प्रभात कुमार ठकुरीलाई मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।