बाँके प्रहरीले एक बालयौन दुराचारीलाई पक्राउ गरेको छ । बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिन कैद तोकिएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके प्रहरीका अनुसार, २०७८ कार्तिक ३० गतेको बाँके जिल्ला अदालतको फैसलापछि फरार जिल्ला बाँके डुडुवा गा.पा.४ बस्ने वर्ष ३३ को अनिस नाउलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले सोमवार निजलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको जनाएको छ ।