बोलेर होइन, म काम गरेर देखाउँछु

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी एन्फामा पुगेर बाँकेको फुटबल विकासमा के आशा राख्न सकिन्छ ? आज शुक्रवार प्रकाशित दैनिक नेपालगन्जले त्यसैको सेरोफेरोमा रहेर सम्यक संवाद गरेको छ ।

एन्फामा तपाई गैसकेपछि बाँकेको प्राथमिकता कसरी निर्धारण गर्नुभएको छ ?
हामी भर्खरै एन्फाको केन्द्रमा गएको छु । जिल्लामा पुरानो भएपछि केन्द्रमा भर्खर गएको छु । मैले जे जति सुरुका दिनमा काम गरे, मैले आशा चाहीँ के देखेको छु भने मैले पक्कै पनि बाँके जिल्ला र यस क्षेत्रका लागि धेरै कुराहरु छन् । त्यो काम गरेरै देखाउँछु । त्यसपछि थाहा हुन्छ ।


हिजोका दिनमा ग्रास लेभलमा काम गर्नुभयो । जिल्लामा ग्रासरुटको गर्नुपर्ने काम गरेको देखिएन, के भन्नुहुन्छ ?
हेर्नुस् शत प्रतिशत ग्रासरुटको कार्यक्रम हुन्छ । पहिले केन्द्रबाटको ग्रासरुटको पोलिसी हामीले रुचाएनौं । ग्रास रुट भनेको बच्चाहरुलाई बर्षैभरी खेल्ने वातावरण हो । नकी हप्ता, १० दिनमा गरेर झारा टार्ने काम भएको थियो । त्यो नहोला अब । धम्बोझी, कोहलपुर र खजुरा तीन वटै क्षेत्रमा ग्रासरुटको कार्यक्रमहरु नियमित हुने गरी देखिन गरि गर्छौ । एकेडेमीको कुरा पनि आइरहेको छ । गोल्डकपलाई पनि निरन्तरता दिन्छौं ।

नेपालगन्ज गोल्डकप किन रोकियो ? अब सुरु गर्ने सुरसार के छ ?
गोल्डकप रोकिनुमा धेरै कारणहरु छन् । अब गोल्डकप शतप्रतिशत रोकिदैन, निरन्तर हुन्छ । तर, अब यसलाई कसरी गर्ने ? सबैको आत्मीय कसरी बनाउने, यस क्षेत्रकै ठूलो प्रतियोगिता हो, मेरो हो भन्ने आफ्नोपन देखिने गरी हामीले त्यसलाई सकेसम्म ट्रष्टका रुपमा विचार गरेर हामी लैजान्छौं । र, फुटबलप्रेमी देखि सबैलाई आफ्नो हो भन्ने भावना विकास गर्ने गरी हामी अगाडि लैजान्छौं । त्यसमा दुईमत छैन ।

एन्फाको आन्तरिक गुटबन्दीको शिकार जिल्ला बनेको जस्तो देखिंदैन र विगत हेर्दा ?
त्यस्तो त छैन हेर्नुस्, जहाँ पनि गुटउगुट त हुन्छ नै । हामीले कामलाई निरन्तता दिने हो । केही असन्तुष्टि हुन्छन्, त्यो असन्तुष्टिलाई थाती राखेरै अगाडि बढ्ने हो । हाम्रो लक्ष्य भनेको फुटबलको विकास गर्ने हो । त्यसमा लक्षित हुनुपर्दछ । हामीले ग्रासरुट, महिला फुटबललाई अगाडि बढाउनु छ । सकेसम्म आफ्ना रुष्ट भएका साथीभाईहरुलाई पनि मिलाएर लैजाने कोसिस हो ।

राष्ट्रिय टिमको छनोटमा बाँके निकै पछाडि छ, यो कसरी उभो लाग्छ ?
हो, त्यो चाहीँ निराशाजनक अवस्था छ । हाम्रा एक्टिभिटिजले नै भएको हो त्यो । गुटउपगुट र कसैको स्वार्थ जोडिएको थियो होला त्यहाँ । ठाउँमा हामीमा पुगेको हुनाले हामीले जस लिने हो राम्रो भएपनि नराम्रो भएपनि । सकेसम्म हामी प्रयास गर्छौ । उमेर समूहमा पनि हाम्रो बच्चाहरुले प्राथमिकता पाउन् । एकैचोटी नेशनल टिममा जाने कुरा त हुँदैन, हेर्नुस् तर उमेर समूहमा प्रतियोगिताहरुमा यहाँका बच्चाहरुले अवसर चाहीँ पक्कै पाउँछन् ।


एन्फाको जिम्मेवार पोष्टमा गैसकेपछि मैले गरेर नै देखाउने हो । त्यो चाहीँ मैले बोलेर यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्दा पनि एकबर्षभित्र मैले सके एन्फाबाट कार्यक्रम ल्याउने हो, नसके आफैले भएपनि दिने हो । जसरी पनि हामीले पनि गर्नुपर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया