राप्ती सोनारीमा सार्वजनिक सुनुवाइ, छ बूँदें प्रतिबद्धता

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले गाउँपालिकाले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने प्रतिबद्धता जनाएका छन् ।


शुक्रवार आयोजित गाउँपालिकाको सार्वजनिक सुनवाईमा अध्यक्ष पौडेलले गाउँपालिका भित्र हुने हरेक कार्यक्रमहरु गुणस्तरीय हुनेमा शंका नगर्न अनुरोध गर्दै गुण्स्तरीय काम नगर्नेले सेवा नपाउने बताए ।


राप्ती सोनारी गाउँपालिकाको आयोजनामा भएको सुनुवाईमा सरोकारवाला र गाउँपालिका बासिहरुका बिचमा झण्डै दुई घण्टा भएको दोहोरो प्रश्नोत्तर ६ बूँदें साझा प्रतिबद्धताको घोषणा गरिएको सुनुवाईको सहजीकरण गरेको संस्था बास नेपालले जनाएको छ ।


बेरोजगार युवाहरुलाई लक्षित गरि सिप मुलक तालिम सञ्चालन गर्ने र व्यवसाय सञ्चालन गर्न चाहने युवाहरुलाई उत्कृष्ट योजनाका आधारमा अनुदानको ब्यवस्था गर्ने पालिकाको प्रतिबद्धाता छ ।

आर्थिक बर्ष २०७८/२०७९ को बार्षिक बजेट पूर्ण रुपमा खर्च हुन नसकेको पाइएकाले विनियोजित बजेट शतप्रतिशत खर्च गर्ने गरी समयमा नै पारदर्शी रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पालिकाले लक्षित बर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्ने जनाएको छ ।


कार्यक्रममा गरिएका प्रतिबद्धताहरुमा गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डांगी, वडा अध्यक्षहरुयम बहादुर खड्का, मिन राज खड्का, झगरु थारु, लवराज खरेल, राम लखन थारु, सालिकराम क्षेत्री, कार्यपालिका सदस्यहरु केशब राज दमाई, राधिका सुनार, शाखा प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।


बासका श्रोत व्यक्ति मन भण्डारीले सहजीकरण, बासका निर्देशक हेमराज भट्टले सुनुवाइको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रमको शुरुवातमा गाउँपालिकाले गरेका कामहरु तथा आगामी योजनाका बारेमा गाँउपालिका अध्यक्ष पोडेलले जानकारी गराएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया