नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी बैठक:६० करोड बजेट

निर्धारित मितिमै प्रतियोगिताको सुनिश्चितता गर्दै खेलकुद मन्त्री गहतराज

कोरोना महामारीका कारण अनिश्चित बन्दै गएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै आयोजनाको सुनिश्चिततामा रहन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले बताएका छन् ।

शुक्रबार काठमाडौंमा प्रतियोगिता मूल आयोजक कमिटीको बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए । सरकारले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजनाको निर्णय गरि तयारी अगाडी बढाएको हो ।


प्रतियोगिता आयोजनाकालागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलकालागि संरचना अभाव हुने देखिएपनि त्यसको व्यवस्थापनकालागि गृहकार्य भइरहेको मन्त्री गहतराजको भनाइ छ । प्रतियोगिताका लागि आवश्यक ६० करोड बजेट स्वीकृत गरिएको मन्त्री गहतराजको सचिवालयले जनाएको छ ।


प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने निर्णय गरिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, विभिन्न ३६ वटा विधामा संचालन गर्ने प्रतियोगिता संचालन तथा ब्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको बैठकले १४ वटा उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया