श्रीमतिहत्यारा पक्राउ

जबरजस्ती करणीका फरार फन्दामा


प्रहरीले विभिन्न अपराधमा सजायपछि फरारहरुलाई पक्राउ गरि जेल हाल्न सफल भएको छ । कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरि जेल पठाएको हो ।


सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट फेला पारी पक्राउ गरेको जनाएको छ । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएका नेपालगन्ज उप महानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक
सोनपुर गाबिस–९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


नेपाल प्रहरीका अनुसार, अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाइजो कम ल्याएको भन्दै निर्घात कुटपिट गरेका थिए । अलिले टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा श्रीमतिको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो ।


त्यस्तै, जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए । प्रहरीका अनुसार, जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया