कारागारलाई काफ्लेको इ–रिक्सा

नेतृ अम्बिका काफ्लेले कैदीबन्दीका लागि सहयोग पुग्नेगरि कारागार कार्यालय,बांँकेलाई ब्याट्रीबाट चल्ने इ–रिक्सा सहयोग गरेकी छन् ।

अन्तरपार्टी महिला सञ्जाल बाँकेकी अध्यक्ष काफ्लेले कैदीबन्दीलाई बिरामी पर्दा अस्पतालसम्म ल्याउन–लैजान समस्या देखिएपछि इ–रिक्सा सहयोग गरेकी हुन् ।


जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष काफ्लेले मंगलवार कारागार कार्यालय, बाँंकेका प्रमुख, जेलर राम कुमार सोनकरलाई इ–रिक्सा हस्तान्तरण गरिन् ।

‘भेटघाटका लागि जाँदा बिरामी कैदीबन्दीको अस्पताल आवागमनमा निकै समस्या देखेपछि व्यक्तिगत सहयोग गरेकी हुँ,’ माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. की प्रबन्धकसमेत रहेकी नेतृ काफ्लेले दैनिक नेपालगन्जसंग भनिन्,‘ सानो भौतिक सहयोगले त्यहाँ ठुलो मानवीय राहत पुगेको महसुस गरेकी छु ।’

प्रतिक्रिया

प्रतिक्रिया